गो कोराना गो ’ लेखिएको केक काटेर २५ जना स्वास्थ्यकर्मीको विदाई

<span class='c1'>गो कोराना गो ’ लेखिएको केक</span> <span class='c2'>काटेर २५ जना स्वास्थ्यकर्मीको  विदाई</span>

विराटनगर । कोभिड अस्पतालमा गत वैशाख ५ गते संक्रमित आएदेखि निरन्तर उपचारमा खटेका २५ जना स्वास्थ्यकर्मीको टोली शुक्रबार घर फर्किएका छन् ।

इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेर उदयपुरबाट आएका संक्रमितहरुको उपचारमा सक्रिय उनीहरुलाई आज शुक्रबार विदाई गरीएको हो । १४ जना संक्रमितहरु संक्रमणमुक्त भई डिस्चार्ज भएसंगै स्वास्थ्यकर्मीहरुको विदाई गरीएको हो ।

स्वास्थ्यकर्मीहरुको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले धन्यवाद दिदै विदाई गर्नुभएको हो।
विदाई कार्यक्रममा कोरोनाका विरामीको सफल उपचार भइरहेको अवस्थामा ‘गो कोरोना गो’ लेखिएको केक काटेर विदाईसंगै शुभकामना प्रदान गरिएको थियो ।

विदाई कार्यक्रममा चिकित्सकको साहसका कारण कोरोनालाई परास्त गर्न सफल भएको मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश १ सरकारले कोरोना उपचारका लागि गरेको कामको संघीय सरकार र अन्य प्रदेश सरकारहरुले चासोका साथ लिएको उहाँले बताउनुभयो । अवस्यकता परेको खण्डमा पुनः सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई उहाँले आग्रह गर्नुभयो ।

पहिलो चरणमा विराटनगर स्थित कोरोना उपचार केन्द्रमा डा. डेनप्रसाद आचार्यको नेतृत्वमा २५ जनाको चिकित्सकहरुको टोली रहेको थियो । ७ दिन अस्पतालमा सेवा दिएको टोली १४ दिन क्वारेन्टाईनमा बसेर विदा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्