विराटनगर रानी सिमामा मोदीको तस्वीरमा आगो

<span class='c1'>विराटनगर रानी सिमामा</span> <span class='c2'>मोदीको तस्वीरमा आगो</span>

विराटनगर रानी सिमामा नेपाली युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर जलाएका छन् ।
भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएको बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर विराटनगर रानी सिमा क्षेत्रमा जलाएका हुन् ।
स्वतन्त्र युवा समूह बिराटनगरले शनिबार दिउसो नेपाली भुभागबाट भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाएको भन्दै बिरोध स्वरुप नारावाजी सहित मोदीको तस्वीर जलाएका हुन् ।
बिराटनगरको रानी १७ भन्सार २ नम्बर ढाट नजिकै स्थानियवासीले भेला भई मोदीको तस्वीर जलाएका हुन् ।
उनीहरुले “भारतीय विस्तारवाद मुर्दावाद” , "नेपाली हामी रहौला कहा नेपालै नरहे ?” , “हाम्रो सिमाना मिचिएको हो कि बेचिएको हो ? सरकार किन मौन?” Go Back India जस्ता नारा लगाउदै केही बेर नाराबाजी गरेका थिए । स्वतन्त्र युवा समुहका अध्यक्ष हमिद आजादको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राप्रपा नेता मुस्लिम मियाँ सहितको सहभागिता रहेको थियो ।
तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । उद्धाघाटन सँगै नेपालीहरले विरोध जनाउदै आएका छन् भने नेपाल सरकारले पनि एक विज्ञप्ती मार्फत उक्त कार्यको विरोध जनाइसकेको छ ।

यद्यपी आन्दोलन गर्नेहरुले वर्तमान अवस्थामा जारी लकडाउन र सामाजिक दुरीको अवज्ञा गरेको स्पष्ट देख्न सकिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्