विराटनगर कोरोना उपचार केन्द्रबाट भोजपुर र झापाका संक्रमित डिस्चार्ज

विराटनगर कोरोना उपचार केन्द्रबाट भोजपुर र झापाका संक्रमित डिस्चार्ज

प्रदेश १ को विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा र भोजपुरका दुईजना संक्रमित कोरोनामुक्त भएर आइतबार डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय पुरुष र झापाको बाह्रदशीका ४० वर्षीय पुरुष रहेका छन् । साउदी अरबबाट फागुन ३० गते नेपाल आएका भोजपुरका पुरुष गत वैशाख १३ गते र भारतबाट फागुन ईठ गते नेपाल आएका झापाका पुरुष वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए ।
उनीहरुको पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ छ भने कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या १६ पुगेको हो । विराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा अझै १९ जनाको उपचार जारी रहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।
अस्पतालबाट डिस्चार्ज भएका दुवैजनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानवहादुर वस्नेत लगायतले विदाई गरे ।

सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले विदाई गर्दै अनिवार्य क्वारेन्टाईनमा बस्न दुवैजनालाई आग्रह गरेका छन् । डिस्चार्ज भएका दुवै जनालाई थप १४ दिनको क्वारेन्टाईनमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्