ह्यासट्याग फुड एन्ड बारले सुरु गर्यो होम डेलिभरी सेवा

ह्यासट्याग फुड एन्ड बारले सुरु गर्यो होम डेलिभरी सेवा

बिराटनगरमा रहेको ह्यासट्याग फुड एन्ड बारले ग्राहकको अत्यधिक मागका कारण आफ्नो अनलाइन खाना डेलिभरी सेवा सुरु गरेको छ ।
खाना र खाद्यान्न डेलिभरी गर्ने सेवा क्विकर फुडसँगको सहकार्यमा उक्त सेवा सुरु भएकाले ग्राहकलाई सुबिधा पुग्ने बिश्वास कम्पनीले लिएको छ । खाना बनाउने क्रममा आवश्यक सरसफाइ र सामाजिक दुरि कायम राख्दै स्वास्थ्यवर्द्धक खाना डेलिभरी गर्ने गरेको कम्पनीले जनाएको छ ।
हाललाई यो सेवा दिउँसो १२ देखि ४ बजेसम्म र बेलुकी ६ बजे देखि ९ बजे सम्म सेवा उपलब्ध हुने ह्यासट्याग फुड एण्ड बारका प्रबन्धक अभिनाश थापाले आवर विराटनगरलाई बताए । उनले ग्राहकले आफुलाई सहजता हुने गरी इ-सेवा/फोन पेको क्यु आर कोड वा एटिएम कार्डबाट पनि पैसा तिर्न सक्ने सुबिधा उपलब्ध गराएको जानकारी दिए ।
यसै गरी क्विकर फुडले यो विभिन्न खाद्यान्न तथा किराना सामाग्रीका साथै समय बोटा मोमो, क्याफे ग्रिल टु चिल, लजिज पिज्जा, नाङ्गलो , ओलाइव क्याफे, सारङ्गी फुड कोर्ड, भेलेन्टाइन बेकरी क्याफे लगायतको खाना डेलीभरी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्