भारतले नेपाली भूमि मिचेको विरोधमा विराटनगरमा प्रदर्शन

<span class='c1'>भारतले नेपाली भूमि मिचेको</span> <span class='c2'>विरोधमा विराटनगरमा प्रदर्शन</span>

नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विरोधमा विराटनगरमा भारत विरुद्धको विरोध प्रदर्शन भएको छ । भारतीय कदमका विरुद्ध मुलुकभर भइरहेको विरोध प्रदर्शन जस्तै नेपाल विद्यार्थी संघका पूर्वनेताहरूले विराटनगरमा प्रदर्शन गरेका हुन्।
विराटनगरको मेनरोडमा अवस्थित बी प्लटमा सोमबार भेला भएका नेपाली काँग्रेस निकट विद्यार्थी संगठनका पूर्वनेताहरूले सरकारले नेपालको भूमि जोगाउन नसकेको भन्दै विरोध स्वरुप प्रदर्शन गरेका हुन् ।
विद्यार्थी संघका पूर्वनेता तथा नेपाली कांग्रेस १ नम्बर प्रदेशसभा सचेतक सांसद सूयर्माराज राईले भारतले नेपाल माथि ठाडो हस्तक्षेप गरेको बताउँदै नेपाली भूमि फिर्ता गराउन सबै एकजुट हुनुपर्ने बताए । यति गम्भिर विषयमा सरकारले कुटिनीतीको नोट मात्र पठाएर लाचारीपना देखाएको उनले बताए । लिपुलेक, लिप्याधुरा, कालापानी नेपालको भूमि भएको ऐतिहासिक प्रमाणहरू भएपनि भारतले जबरजस्ती अतिक्रमण गरेको बताउँदै उनले आफूलाई राष्ट्रवादी बताउने प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नाङगिएको बताए । प्रदर्शनमा नेपाली कांग्रेस विराटनगरका निमित्त सभापति अरुण न्यौपाने, प्रमिला थापा लगायतले भारतसँग सरकारले पहल गरी नेपाली भूमि फिर्ता ल्याउनु पर्ने बिचार राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्