चोरबाटो हुदै राती २ बजे १५ जना नेपाली विराटनगर प्रवेश

चोरबाटो हुदै राती २ बजे १५ जना नेपाली विराटनगर प्रवेश

विराटनगर । जोगबनी नाका हुदै १५ जना नेपाली राती २ बजे नेपाल प्रवेश गरेका छन् । जोगबनीबाट उनीहरुलाई भारतीय प्रहरीले चोरबाटो हुँदै नै सिमापार गराएको उनीहरुले बताएका छन् ।
दिल्ली र बिहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका युवाहरु रातको समयमा प्रहरीको सहायतामा सिमापार गरी नेपाल पसेका हुन्।
उनीहरुलाई विराटनगर १६ हुलास मेटल चौकमा रोकेर राखिएको छ । नेपाल प्रवेश गरेका २० देखि ३० वर्ष उमेरका युवाहरु कसरी नेपाल प्रवेश गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताएका छन् । थापाका अनुसार उनीहरुलाई सम्बन्धीत जिल्लाका स्थानिय निकायसँग समन्वय गरेर क्वारेन्टाईनमा राखिने छ ।
नेपाल प्रवेश गरेकाहरु सुनसरीको गढी गाँउपालिकाका ५ जना, इटहरीका २ जना, इनरुवा र धरानका १ र १ जना, झापा शिवसताक्षीका २ जना, कन्काइका २ जना, मोरङ सुन्दरहरैंचा र पथरीशनिश्चरेका एक एक जना छन् । भोकै रहेका युवाहरुलाई विराटनगर–१६ का वडा अध्यक्ष मनोज सुब्बाले खानाको व्यवस्था गरिदिएका थिए । यसरी चोरबाटाे हुदै नेपाल प्रवेश गरिरहँदा विराटनगर १६ दक्षिणगेटका स्थानियवासी त्रसित देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्