विराटनगरमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन, प्रहरीसंग पुत्ला खोसाखोस

विराटनगरमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन, प्रहरीसंग पुत्ला खोसाखोस

विराटनगर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अनेरास्ववियूले विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

भारतले नेपाली भुभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरी सडक बनाएको अनेरास्ववियू सम्वद्ध युवाहरुले विराटनगरको रोडशेष चोकमा मोदीको २ वटा पुत्ला जलाएका हुन् । उनीहरुले नेपाली भुमि फिर्ता गर, लिपुलेक-कालापानी र लिम्पियाधुरा हाम्रो हो, बेईमान छिमेकी चाहिँदैन्, भारतीय दादागिरी मुर्दावाद जस्ता नारा लगाएका थिए । पुत्ला दहनका क्रममा पुगेको प्रहरीहरुले विद्यार्थीहरुले जलाउदै गरेको मोदीको पुत्ला खोसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्