पैसा लिएर भारतिय नागरिकलाई सिमा कटाउने २ जना विराटनगरबाट पक्राउ

पैसा लिएर भारतिय नागरिकलाई सिमा कटाउने २ जना विराटनगरबाट पक्राउ

प्रेम देवान
विराटनगर । भारतीय नागरिकलाई पैसा लिदै नेपालबाट भारततर्फ पठाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर १८ स्थित भेडियारीबाट २ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।
लकडाउनको कारण अलपत्र परेका भारतीय नागरिकहरुसँग प्रत्येक व्यक्ति बराबर भारतिय एक हजार रुपैया पैसा लिएर भारत तर्फ पठाउन लागेको बेला उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुई व्यक्ति ढुवानी सम्बन्धि काम गर्दैै आएका विराटनगर–६ का २६ बर्षीय अख्तर आलम र ३८ बर्षीय मुबारक हुसैन रहेकाे ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।
भारत र नेपाल दुबै तर्फ लकडाउन जारी भएदेखि नै विभिन्न व्यक्तिहरुले अलपत्र परेका नागरीकहरुसँग ५ हजारदेखि १० हजार रुपैयाँसम्म नगद लिएर उनीहरुलाई अवैद्य ढङ्गबाट सीमा नाका प्रवेश गराउँदै आएका स्थानीय श्री प्रकाश यादवले बताए ।

मङ्गलबार विहानको समयमा भारतको राजस्थानस्थित नागौर जिल्लाका ३१ बर्षीय सुरेश चौहान, ३२ बर्षीय लोडुराम, २१ बर्षीय गिरधारीलाल र ५२ बर्षीय रामकरण राम लगायतका नागरिकहरुलाई भारत प्रवेश गराउन खोजेका थिए । तर विराटनगर–१८ भेडियारीस्थित रेलवे लिकको छेउबाट उखुबारी हुँदै ईस्लामपुरको बाटोबाट उनीहरुलाई भारत प्रवेश गराउने क्रममा उनीहरुलाई सशस्त्र प्रहरीले फेला पारी पक्राउ गरेको हो । भारत प्रवेश गर्न लागेका ४ जना भारतिय नागरिकलाई अहिले नेपाल नै फर्काउने तयारी रहेको प्रहरीले जनाएको छ ।
विगत ४ महिनादेखि सुनसरीको दुहबीस्थित कमला रोलिङ मिल्समा काम गर्दै आएका भारतको राजस्थानस्थित नागौर जिल्लाका सुरेश चौहानले आफू सहित अन्य ४ जना साथीहरुको समुहलाई सिमा पारी पुर्याईदिने भन्दै आफ्रूहरुबाट ४ हजार भारतीय रुँपैया लिएको बताए ।
पैसा लिदै भारत पठाउने दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कानुन बमोजिम कारबाही गरिने प्रहरी निरिक्षक दीपक थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्