लायन्स क्लबको आयोजनामा पञ्च अनुभुति तालिम हुँदै

लायन्स क्लबको आयोजनामा पञ्च अनुभुति तालिम हुँदै

सुभाष भण्डारी
लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वान को आयोजना र बिराटनगर सेन्ट्रल लायन्स क्लबको आतिथ्यमा अन्तर्राष्ट्रिय रुपमा भिन्न पाँच शिर्षकमा बिशेष तालिमको आयोजना हुने भएको छ । उक्त तालिम पाँच दिन सम्म चल्ने छ ।
उक्त कार्यक्रमका प्रशिक्षकहरुमा लायन्स क्लब अन्तर्राष्ट्रियका डाइरेक्टर लायन संजय खेतानले पहिलो दिनको , LCIP बाट दिक्षित लायन एडि भमन कुमार ले दोश्रो दिन को , LCIP बाट दिक्षित लायन डाक्टर सन्देश दास श्रेष्ठले तेस्रो दिनको , लायन्स अन्तर्राष्ट्रियका पुर्व डाइरेक्टर ए पि सिंहले चौथो दिनको र LCIP बाट दिक्षित लायन पंकज मेहेताले पाचौं दिन तालिम लाई प्रशिक्षण प्रदान गर्ने छन ।
अनलाइन मिटिङ प्लेटफर्म जुम मार्फत संचालित उक्त तालिम निशुल्क रहने र समाज का सबै बर्गका मानिसहरु सहभागी हुन सक्ने आयोजना को संयोजन गरेका बिराटनगर सेन्ट्रल लायन्स क्लबका अध्यक्ष सन्दीप दास श्रेष्ठले आवर बिराटनगर लाई बताए ।

११ मे सोमबार देखि १५ मे शुक्रबार सम्म हरेक दिन बेलुकी ४ बजे देखि ५:३० बजे सम्म संचालन हुने उक्त तालिम बाट नेपाल भरीका लायन्सहरुले केही नया जानकारी प्राप्त गर्ने र लक डाउनको समयको सदुपयोग गर्दै आफ्नो ज्ञानको दायरा फराकिलो पारी एक आपसमा भातृत्वको बिकास गराउन सघाउ पुर्याउने बिश्वास आफूले लिएको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वानका गभर्नर लायन इन्द्र खत्री (राजन) ले आवर बिराटनगरलाई जानकारी दिए ।
पाँच दिनसम्म निरन्तर संचालन हुने र बेग्ला बेग्लै प्रशिक्षक हरुले तालिम संचालन गर्ने भएका ले कार्यक्रमको नाम पन्च अनुभूति राखिएको साथै लायन्स क्लबको अफिसियल फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण हुने लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वानका सचिब बिकास अधिकारी ले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्