पठनपाठनमा नयाँ शैली अपनाउदै मारिया किड्स मन्टेश्वरी

<span class='c1'>पठनपाठनमा नयाँ शैली अपनाउदै</span> <span class='c2'>मारिया किड्स मन्टेश्वरी</span>

बुढीगंगा गाउँपालिका वडा नं.१ पुष्पलाल चोक स्थित नवज्योति मार्गमा रहेको यस मारिया किड्स मन्टेश्वरी स्कूलले विशुद्ध मन्टेश्वरी विधिबाट प्ले ग्रुप देखि कक्षा दुई सम्म पठानपाठन गराउँदै आएको र हाल कोभिड १९ को महामारीबाट बच्न सरकारले लगाएको लकडाउनका कारण विद्यालय बन्द भएपछि बालबालिकको पढाइसमेत प्रभाव हुन पुगेको हुँदा पठनपाठनका लागि नयाँ शैली अपनाएको छ ।
यस्तो जटिल परिस्थितिमा पनि बालबालिकाको शैक्षिक गुणस्तर खच्किन नदिने उदेश्यले अभिभावकसँगको सहकार्यबाट विभिन्न किसिमका प्रश्न निमार्ण गरी गृहकार्यका लागि सामाजिक सञ्जालको प्रयोग गरी विद्यालय कै फेसबुक पेज र म्यासेन्जर मार्फत अभिभावक समक्ष पुर्‍याइ रहेको र इन्टरनेटको पहुँच नभएका अभिभावकलाई समेत प्रश्नपत्र र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको कुरा यस विद्यालयका प्रधानाध्यापक मनिष पोखरेलले जानकारी गराउनु भयो ।
विद्यालयले वर्तमान संकटबाट सहज परिस्थिति आए पश्चात् मात्र एड्मिसन लिने र तत्काललाई बालबच्चाको पठनपाठनका लागि वार्षिक कार्यतालिका निर्माण गरी मासिक पाठयोजनाका आधारमा घरमा अभिभावकले पढाउन सक्ने किसिमले शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै समाजिक सञ्जाल मार्फत र फोन सम्पर्कबाट अभिभावकलाई शिक्षण गर्न सहज हुने, विद्यालयले प्रयोग गर्ने गरेका केही शिक्षणीय विधिको समेत जानकारी गराउन थालेको कुरा प्र.अ.पोखरेलले जनकारी गराउनु भयो ।
विराटनगरको उत्तरी क्षेत्रमा वि.सं.२०७३ सालमा स्थापना भई पठनपाठनसँगै नृत्य,सङ्गीत, योगा, नाटक र खेलकुदका छुट्टाछुट्टै शिक्षक राखी बालबच्चाको चौतर्फी विकास गराई अभिभावकको मन जित्न सफल यस विद्यालयले जस्तो सुकै परिस्थितिमा पनि विद्यार्थीको उज्ज्वल भविष्यका लागि अभिभावकसँगको सहकार्यबाट अगाडि बढ्ने कुरा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष जि. पि. चुडालले बताउँनु भयो । तत्काललाई जेठ १०-१५ गते सम्मलाई पुग्ने गरि पाठ्यवस्तु तयार पारिएको र केही दिनमा विद्यालयको फेसबुक पेजमा हालिने छ र इन्टरनेट प्रयोग नगर्ने अभिभवकका लागि फोन सम्पर्क गरेर समेत उपलब्ध गराउने जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्