अपडेट : थप ५ जनामा कोरोना संक्रमण देखिनु मन्त्रालयको प्राविधिक त्रुटी, थपिएको छैन संख्या

अपडेट : थप ५ जनामा कोरोना संक्रमण देखिनु मन्त्रालयको प्राविधिक त्रुटी, थपिएको छैन संख्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै भएको बताएको छ । यस अघी आज बिहान थपिएर २५० पुगेको भनिएको पाँच जना प्राविधिक कारण पहिले नै पुष्टी भएकाहरु को पुन: रिपोर्टीङ्ग भएको बताएको छ । आज बिहान सार्वजनिक गरेको विज्ञप्तीमा मन्त्रालयले पहिले नै पहिचान भएका संक्रमितहरुको पुन: रिपोर्टीङ्ग गरी २४५ बाट बढाएर संक्रमित संख्या २५० पुर्याएको थियो । आज बिहान थपिएका थप दुई जनामा संक्रमित सहित हाल नेपालको कुल संक्रमित संख्या २४५ रहेको हो ।

 

पुरानो समाचार र विज्ञप्ती यस्तो थियो

आज विहानै ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको  छ । विहान जारी विज्ञप्तिमा २ र थप ५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संक्रमित पुष्टि भएको हो ।

यो संगै नेपालमा संक्रमित संख्या २५० पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्