विराटनगर । केहिदिन अगाडी विरगन्जका ४ जना पत्रकारलाई कोभिड १९ को संक्रमण देखिएपछि यता मोरङका पत्रकाहरुको पनि स्वाब परीक्षण गरिने भएको छ ।
विराटनगरमा रहेको कोरोना अस्पताल, कोरोना संक्रमित र कोरोना संक्रमितको उपचारमा संलग्नको निकट रहेर भिडियो तथा फोटो पत्रकारितामा संलग्न रहेर काम गरिरहेका पत्रकारहरुको पिसिआर माध्यमबाट स्वाव संकलन गरिने भएको हो ।
विगत लामो समयदेखी कोशी कोभिड अस्पताल र भारतको सिमा नाकाहरुमा पुगेर स्थलगत रिर्पो्टिङ गर्ने पत्रकाहरुको पिसिआर टेष्ट गरिने नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव अर्जुन आचार्यले जानकारी दिए ।
मोरङका पत्रकारहरुको भोली शुक्रबार स्वाव संकलन गरिने र हाल पत्रकाहररुको नामावली टिम्ने काम भईरहेका सचिव अचार्यले बताए ।