क्वारेन्टाईन राखिने भन्दै विराटनगर १३ मा विरोध, प्रशासन भन्छ क्वारेन्टाइन बन्दैन

क्वारेन्टाईन राखिने भन्दै विराटनगर १३ मा विरोध, प्रशासन भन्छ क्वारेन्टाइन बन्दैन

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ स्थित डिएभी स्कुल परिसरमा कोभिड-१९ रोकथामको लागी क्वारेन्टाईन तथा आइसोलेसन वार्ड राख्न लागेको भन्दै स्थानियले विरोध जनाएका छन् ।
कोशी कोभिड-१९ उपचार केन्द्र पश्चिम रहेको डिएभी स्कुलमा कोराना भाइरस संक्रमति आशंका गरिएका व्यक्तिहरुलाई राख्नको लागी तयार गरिदै गरेको क्वारेन्टाईनका लागि स्थानियवासीले विरोध जनाउदै आएका छन् ।
प्रदेश सरकारले महानगर र वडावासीलाई जानकारी नै नदिई क्वारेन्टाईन राख्न लागेको स्थानिवासीको आरोप छ ।
उत्त स्थानमा मानिसहरुको घनावस्ती भएका कारण यसको प्रत्यक्ष असर टोलवासीलाई पर्ने स्थानिय शुशिल झाले बताए । ‘यहाँका स्थानियवासी त्यसै त भयावित र त्रासित अवस्थामा छन्, ‘त्यै माथी यहाँ थप अर्को क्वारेन्टाईन बनाउदा यसले झनै भयाभह बनाउन सक्छ ।’ झाको भनाई छ ।
मानिसको घनावस्ती भएका कारण खुला र उपयुक्त स्थानमा राख्नु पर्ने अर्का स्थानिय पारस थापाले बताए । यस अघि पनि कोशी काभिड १९ अस्पताल उपचार केन्द्र राख्न नहुने भन्दै स्थानीयले विरोधका गरेका थिए ।

यस विषयमा थप जानकारीका लागि हामीले जिल्ला प्रशासन कार्यालय मोरङ्गका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीलाई सम्पर्क गरेका थियौं । उनले भारत लगायतका क्षेत्रबाट मोरङ्ग प्रवेश गर्नेहरुलाई तत्कालको केहि घण्टाको समय होल्ड गरी सुरक्षित साथ राख्नका लागि सुरक्षा समन्वय समिति मोरङले प्रदेश सरकारको अगुवाईमा सिमा क्षेत्रका‍ २८ वटा विद्यालयहरुलाई तयार गरिएको बताए । यस कार्यका लागि पहिलो चरणमा विराटनगरको गौतम बुद्ध स्कुल र डिएभी स्कुललाई छानिएको सहायक प्रमुख जिल्ला अधिकारी केशरीले बताए । उनको अनुसार त्यस्ता विद्यालय क्वारेन्टाइन वा आइशोलेसन भन्दा पनि त्यसरी जिल्ला प्रवेश गर्ने व्यक्तिहरुलाई सम्बन्धीत निकायलाई जिम्मा लगाउन अघि तत्कालिन समयमा होल्ड गर्नका लागि ति स्थान तयार पारिरहेको हो । त्यहाँ राखिने व्यक्तिहरु संक्रमित हुन्छन् भन्ने हुँदैन उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्