राष्ट्रीय सहकारी बैंक लिमिटेडको प्रदेश १ कार्यालयद्वारा विपन्न वर्गलाई सहयोग

राष्ट्रीय सहकारी बैंक लिमिटेडको प्रदेश १ कार्यालयद्वारा विपन्न वर्गलाई सहयोग

राष्ट्रीय सहकारी बैंकको प्रदेश १ कार्यालयले “एकका लागी एक” अभियानमा आर्थिक सहयोग गरेको छ । कोभिड १९ महामारीका कारण समस्यामा परेका बिपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले सहारा नेपालले सुरु गरेको उक्त अभियानमा राष्ट्रिय सहकारी बैंकले सहयाेग गरेको हाे । प्रदेश १ अन्तर्गतका पांचथर, इलाम, बिर्तामोड, दमक, उर्लाबारी , इटहरी, धरान, धनकुटा र बिराटनगर शाखाका शाखा प्रमुख र कर्मचारी सहित बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईलगायतबाट संकलित ६१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको बताइएको छ ।
उक्त सहयोग रकम सहारा नेपाल सहकारीका एरिया म्यानेजरद्वय ओम शाह र यादव बस्नेतलाई राष्ट्रीय सहकारी बैंक प्रदेश १ कार्यालयका शाखा प्रबन्धक प्रभु पोखरेलले हस्तान्तरण गरेका हुन्।
साहारा नेपालले उक्त सहयोग रकमबाट दैनिक ज्यालादारी गर्ने बिपन्न परिवारका बिहान बेलुका छाक टार्न समस्या परेका परिवारलाई खाद्यान्न सहयोग गर्ने बताइएको छ ।
यस अगाडी समेत बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय कोषमा बैंकका संचालक तथा लेखा समितिको बैठक भत्ता, कर्मचारीहरुको एक दिन बराबरको तलबभत्ता सहित समाबेश गरी ११ लाख ११ हजार १ सय ११ रुपयाँ सहयोग गरेको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्