नेपाल युवा उद्यमी मंच विराटनगरको अध्यक्षमा सृजन प्याकुरेल चयन

<span class='c1'>नेपाल युवा उद्यमी मंच विराटनगरको</span> <span class='c2'>अध्यक्षमा सृजन प्याकुरेल चयन</span>

युवा उद्यमीहरुको साझा संगठन नेपाल युवा उद्यमी मंच विराटनगरको नयाँ कार्यसमिति चयन भएको छ ।
लकडाउनका बीच सामाजिक दुरी कायम गर्दे मंचको साधारणसभाबाट सृजन प्याकुरेलको अध्यक्षतामा आज नयाँ कार्यसमिति चयन गरिएको निवर्तमान अध्यक्ष मनोजविक्रम साहले जानकारी दिनुभयो । नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा युनेशराज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा राघव कोईराला, सचिवमा स्वेता तुलाधर तथा कोषाध्यक्षमा उकेश अग्रवाल चयन हुनु भएको छ । यसैगरी आगामी कार्यकालका लागि मंचको कार्यक्रम संयोजकमा शुभम भट्टराई लर्निंग सेसन कोअर्डीनेटरमा रन्जित भगत, सन्चार संयोजकमा सन्जिव सिग्देल, कानुनी सल्लाहकारमा रोमन कट्टेल र इण्टर च्यापटर कोअर्डीनेटरमा अनमोल प्रधान चयन हुनु भएको छ । कार्यसमितिको सदस्यमा रितेश खनाल रहनु भएको छ । युवाहरुको हक अधिकार तथा युवालाई रोजगार उपलब्ध गराउने मुख्य उद्धेश्य बोकेको मंचका देशभर ७ च्याप्टर रहेका छन । जसमा ५ सय युवा उद्यमी सदस्य रहेका छन । नेपाल युवा उद्यमी मंच नेपालमा २००४ मा स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्