विराटनगर लकडाउनका विच बलात्कारको घटना : एक जना पक्राउ

विराटनगर लकडाउनका विच बलात्कारको घटना : एक जना पक्राउ

विराटनगर । मनिङवार्कको समयमा बाटोमा हिडिरहेकी एक बालिकालाई मकैबारीमा लगेर बलात्कार गर्ने पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–४ ईक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल)लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले विराटनगर –४ की १४ वर्षीया बालिकालाई बलात्कार गरेका गडेरीलाई नियन्त्रणमा लिएर जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

प्रहरीकाअनुसार घर नजिकै एक जना साथीसँग १४ वर्षीया बालिका बिहान ५ः३० बजेतिर हिँडिरहेकी थिइन् । त्यही बेलामा बाटोमा भेटिएका गडेरीले नियन्त्रणमा लिएर बालिकालाई नजिकैको मकैबारीमा पु¥याएर बलात्कार गरेको डीएसपी राईले बताए ।
बालिकालाई कब्जामा लिएर मुख थुन्दै बोल्नसमेत नदिइकन बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफूसँगै रहेकी साथीलाई उठाउँदै काँधमा हालेर लगेपछि त्यहाँबाट चिच्याउँदै डरले भागेकी अर्की बालिकाले घटनाका बारेमा अभिभावक र स्थानीय बासिन्दालाई सुनाएकी थिइन् ।

त्यसपछि भेला भएका स्थानीयले बलात्कार गरेर भाग्दै गरेको अवस्थामा गडेरीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । बालिका बलात्कार गर्ने वीरेनका भाईहरु र अरु आफन्तले घटनास्थल मुचुल्का उठाउन प्रहरीलाई अवरोध गर्दै पीडितका आफन्त र घटनाका प्रत्यक्षदर्शीलाई आक्रमणको प्रयास समेत गरेको डीएसपी राईले बताए । त्यसमा संलग्न मध्ये २२ वर्षीय सुरेन्द्र गडेरी र २० वर्षीय विजय गडेरीलाई पक्राउ गरिएको राईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्