विराटनगरमा पत्रकारहरुको स्वाब संकलन ( फोटो फिचर सहित)

विराटनगरमा पत्रकारहरुको स्वाब संकलन ( फोटो फिचर सहित)

विराटनगर । पछिल्लो समय नेपालका पत्रकारहरुमा कोभिड-१९ संक्रमण देखिन थालेपछि मोरङका पत्रकारहरुको कोभिड-१९ पिसिआर प्रविधिबाट परीक्षण गर्नका लागि स्वाब संकलन सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ कार्यालय मोरङको परिसरमा शनिबार पहिलो चरण अन्तर्गत १६ जना पत्रकारहरुको स्वाब परीक्षण गरिएको हो । प्रदेश एक सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट आएका ल्याव प्राविधिक लेखनाथ पौडेल र नविन खड्काको टोलीले पत्रकारहरुको स्वाब परीक्षण गरेको हो ।
विशेष गरी कोशी कोभिड १९ उपचार केन्द्र विराटनगर , सिमाक्षेत्र र संक्रमणको जोखिम रहेको क्षेत्रमा गएर रिर्पोटिङ गर्ने पत्रकारहरुको पहिलो चरण अन्तर्गत पिसिआर माध्यमबाट स्वाब संकलन गरिएको पत्रकार महासघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले जानकारी दिए । । अन्य बाकी रहेका पत्रकारहरुको पुन: दोस्रो चरण अन्तर्गत स्वाब संकलन गरिने अध्यक्ष पोखरेलले बताए । स्वाब संकलन गरिएको रिर्पोट २ दिनपछि आउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्