विराटनगरमा २ जना र धनकुटामा १ जनामा संक्रमण पुष्टी

विराटनगरमा २ जना र धनकुटामा १ जनामा संक्रमण पुष्टी

विराटनगरमा दुई जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । संक्रमित हुनेहरुमा विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेको बताइको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा धनकुटाको ३४ वर्षीय महिला पनि संक्रमण देखिएको प्रदेश एक को मुख्यमन्त्री कार्यालयले पुष्टी गरेको छ ।

यसका साथै आजै प्रदेश १ मा ३ जनामा कोभिड-१९ पुष्टि भएको हो । प्रदेश १ मा कोभिड-१९ पुष्टी भएकाहरुको जम्मा संख्या ३९ छ । निको हुनेहरुको जम्मा संख्या १७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्