विराटनगरमा औषधी व्यापारीको मृत्यु, शंकास्पद भन्दै ३ जना प्रहरीको नियन्त्रणमा

विराटनगरमा औषधी व्यापारीको मृत्यु, शंकास्पद भन्दै ३ जना प्रहरीको नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालीका वडा न‌ १० मधुमाराका एक औषधि व्यवसायी मृत भेटिएका छन् । सुनसरी घर भएका ३२ वर्षीय देवीप्रसाद दुलाल आईतबार विहान मृत अवस्थामा भेटिएका हुन ।
दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधिको डिलर सञ्चालन गर्दै आएका थिए ।
सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको पछि उनलाई उपचारका लागि आइतबार बिहान ३:३० बजे गोल्डेन अस्पताल पुर्याएको थियो । तर डाक्टरले दुलालको मृत्यु भईसकेको बताएको मोरङ प्रहरीले जनाएको छ ।
दुलालको दाहिने आँखाको परेला नजिकै रगत सहितको चोट छ । त्यसैगरी घाटीमा निलडाम छ । घटना शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिनुभयो ।
मृतक दुलालको शरिरको विभिन्न भागमा चोट देखिएपछि प्रहरीले सोधपुछका लागि श्रीमती र शनिबार रातिसँगै बसेका दुईजना औषधी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको मोरङ प्रहरीले जनाएको छ ।
डीएसपी राईका अनुसार दुलालको नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको हो ।
डीएसपी राईले घटनास्थल मुचुल्का उठाउँदै गम्भीर ढंगबाट अनुसन्धान अघि बढाइएको बताए । प्रहरीले दुलालकी श्रीमती मीना, विराटनगरकै औषधि व्यवासायी धनबहादुर काफ्ले र हरिमोहन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । दुलालको कोशी अस्पतालमा पोष्टमार्टपछि अहिले सुनसरी जिल्ला घरमा नै लगेर दाहसंस्कार गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्