विराटनगर महानगरको सफाई कर्मचारीमा कोरोना संक्रमण

<span class='c1'>विराटनगर महानगरको सफाई</span> <span class='c2'>कर्मचारीमा कोरोना संक्रमण</span>

विराटनगर महानगरपालिकाको सफाई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज आइतबार संक्रमण देखिएको दुई जना मध्ये ३६ वर्षिय पुरुष महानगरको कर्मचारी भएको वडा नं १५ का वडाध्यक्ष असलम आलमले पुष्टि गरेका हुन् । उनले संक्रमित व्यक्तिलाई एम्बुलेन्समा राखेर कोशी कोरोना उपचार केन्द्र पठाइएको बताए । उनले भने 'उनी बाहिर कतै गएको थाहा छैन, कसरी सर्यो भन्ने अचम्म लाग्दैछ ।'
आलमले संक्रमितसँग कुराकानी गरी थप कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने कार्य हुने बताए ।
यसै गरी विराटनगर ६ मा देखिएकि अर्कि संक्रमित महिला भारतबाट केही दिन अघि नेपाल आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्