विराटनगर महानगरपालिकामा कोभिड-१९ संक्रमण देखिएसँगै सोमबारबाट विराटनगरमा लकडाउन कठोर हुने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ्गले प्रेस विज्ञप्ती जारी गर्दै सोमबारबाट अत्यावशक औषधी पसल, पानी र दुध पसल बाहेकका सबै कृयाकलापहरु बन्द गर्न अनुरोध गरेको छ ।
आइतबार विराटनगर महानगरपालिकाका एक कर्मचारी सहित दुई जनामा संक्रमण देखिएको थियो ।