विराटनगर जेठ ५
आइतबार विराटनगर महानगरपलिका भित्र दुई जना कोरोना भाइरस संक्रमित फेला परेपछि संक्रमित भेटिएका दुईवटा वडालाई सिल गरिएको छ ।
विराटनगर महानगरपालिका अन्तर्गतको वडा नम्बर ६ र १५ लाई सिल गरेर सावधानी अपनाउन खोजिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरंगका एसपी विश्व अधिकारीका अनुसार विराटनगरको २ वडा सिल गरिएको साथै विराटनगरमा लकडाउन कडा बनाउन लागिएको हो ।