विराटनगरमा शनिबार स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको मोरङ्गका १६ जना पत्रकारहरुको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पत्रकार महासंघ मोरङ्गको प्राङ्गणमा संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका संयोजक डा. जयवेन्द्र यादवले बताएका हुन्। । सीमावर्ती क्षेत्र, कोभिड-१९ उपचार केन्द्र र कोरोना सङक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको निकट भई सूचना संकलनमा संलग्न १६ जना पत्रकारहरुको स्वाब सङकलन गरिएको थियो । प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट आएका ल्याब टेक्निसियन लेखनाथ पौडेल र नविन खड्काको टोलीले पत्रकारहरुको स्वाबको नमुना सङकलन गरेको थियो ।