विराटनगर । विराटनगरमा पनि २ जनामा कोरोनाको संक्रमित देखिएपछि विराटनगरका सडक सुनसान देखिन थालेका छन् ।
केही समय अघि सम्म अन्य जिल्लामा मात्र संक्रमित देखिएको बेला विराटनगरका बजारमा आम मानिसहरुको चहलपहल निकै देखिन्थ्यो । तर सोमबार विहानदेखी भने खासै मानिसकोहरुको चहलपहल देखिएन बजारमा ।
आईतबार विराटनगर महानगरपालिकाका २ वटा वडामा कोरोना सङ्क्रमित देखिएपछि लकडाउनलाई मोरङ प्रहरीले कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार नै प्रेस विज्ञप्ती निकालेर औषधि, दुग्ध र पानी बिक्री वितरण बाहेकका सबै पसल बन्द गराउन आग्रह गरेको थियो ।जथाभावी हिँडडुल तथा लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने र सजाय समेत दिने गरेको भेटिएको छ । सोमबार बिहानैदेखि प्रहरीसँगै ‘प्रहरी मेरो साथी’ अभियानमा संलग्न युवाले प्रहरीलाई मद्दत गरिरहेको जिल्ला प्रहरी कार्यालयका मोरङका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको कोरोना परीक्षणमा विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीया महिलामा सङ्क्रमण भएको पुष्टि भएपछि अहिले २ वडा शिल गरिएको छ ।