प्रदेश नम्बर १ मा ४० पुग्यो कोरोना संक्रमित संख्या, निको हुने १७ जना

प्रदेश नम्बर १ मा ४० पुग्यो कोरोना संक्रमित संख्या, निको हुने १७ जना

विराटनगर । प्रदेश १ मा सोमबार थप एक जनामा कोभिड—१९ पुष्टि भएको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि भएको हो ।
यो संगै प्रदेश १ मा कोभिड—१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जना निको भएर घर फकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

प्रदेश १ मा ३ हजार एक सय ६१ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । आरडीटीबाट ९ हजार चार सय ७३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ । यस्तै देशभर संक्रमितको संख्या ३५७ पुगेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्