बाहिरबाट आएकालाई संक्रमण परीक्षणपछी मात्र घर पस्न दिन विराटनगर महानगरको आह्वान

बाहिरबाट आएकालाई संक्रमण परीक्षणपछी मात्र घर पस्न दिन विराटनगर महानगरको आह्वान

विराटनगर महानगरपालिकाले बाहिरबाट आएका व्यक्तिहरुको बारेमा जानकारी दिन महानगरवासीहरुलाई आह्वान गरेको छ । आज मंगलबार एक सुचना जारी गर्दै महानगरले कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै विराटनगर बाहिरबाट आएका व्यक्तिहरुको बारेमा प्रत्येक टोलमा गठित एक्सन टिम र सम्ब्नधित वडाका वडा अध्यक्षहरुलाई जानकारी गराउन अनुरोध गरेको हो । महानगरले उक्त सूचनामा विराटनगर बाहिरबाट आउने व्यक्तिहरुको कोभिड-१९ संक्रमण भए नभएको परीक्षण गराएर मात्र घरभित्र प्रवेश दिन समेत अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्