नक्कली मदिरा कारोबारी श्रवण भन्छन्: ऋण तिर्न गलत काम सुरु गरें, मैले कारबाही भोग्नै पर्छ

नक्कली मदिरा कारोबारी श्रवण भन्छन्: ऋण तिर्न गलत काम सुरु गरें, मैले कारबाही भोग्नै पर्छ

प्रेम देवान

विराटनगर । नक्कली मदिरा बनाएर बेच्ने गिरोहका बारेमा जानकारी पाएपछी विराटनगरको वडा नम्बर ११ बसपार्कमा प्रहरीले मंगलबार छापा मार्यो ।
छापा मारेर नक्कली मदिरा बनाउन प्रयोग गर्ने सामाग्री र मदिरा सहित सो कार्यमा संलग्न २४ वर्षिय श्रवण मुखियालाई प्रहरीले पक्राउ गर्यो ।

बसपार्क छेउमा रहेको एक घरको कोठा भाडामा लिएर मुखियाले संचालन गर्दै आएको न्यू.डि.एन ट्रेडर्सको भित्र विभिन्न ब्राण्डको बोतलमा नक्कली लेवल टाँस गरी राखिएको र ठुलो मात्रामा नक्कली मदिरा बनाउन प्रयोग हुने सामाग्री भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मुखियाको विराटनगर ६ स्थित घर र वसपार्क स्थित पसलबाट बिभिन्न ब्रान्डका ५सय ३० बोतल नक्कली मदिरा नियन्त्रणमा लिएको छ ।
बखरी प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक गणेस कार्कीको अनुसार  प्रहरी बसपार्कमा पुगेर अनुसन्धान गर्दा मुखियाले विभिन्न ब्राण्डका खाली सिसि सफा गरेर घर लैजादै गरेका थिए ।

सस्ता मदिरा र रंगहरुको प्रयोग गर्दै विभिन्न ब्राण्डका नक्कली मदिरा बनाएर महङ्गो मुल्यमा बेच्ने कार्यमा पक्राउ परेपछी पत्रकारको क्यामेरा अघि श्रवणले हाका हाकी आफुले उक्त कार्य गरेको स्विकार गरे ।
स्नातकतह अध्ययन गरिरहेका उनले आफुले विगत एक वर्षदेखि नक्कली मदिरा बनाउने र महंगो ब्रान्डको लेबलिङ्ग गरेर बेच्ने गरेको स्विकारे । प्रहरीले पक्राउ गर्दा पनी हतास नदेखिएका उनले बजार भरि यस्ता काम गर्ने व्यक्ति भएको र आफु पनि तिनै मध्ये एक भएको बताइरहेका थिए ।
उनको कुराबाट उनले आफुले गलत र गैरकानुनी काम गरिरहेको चाल पाएर पनि यस्तो काम गरिरहेको अनुभुत गर्न सकिन्थ्यो । उनले लिएको ऋण तिर्न समस्या भएपछी यस्तो काम गरेको र यस्ता काम गर्न बजारबाट उपाय र तरिका पाएको बताइ रहँदा आफुले गलत गरेकाले कानुन अनुसार कारबाही हुनु पर्ने स्विकारि रहेका थिए ।

प्रहरीले उनको पसलबाट गोल्डेन वक, गोल्डेन ग्लोब, मास्टर सेलेक्शन, पास पास, फाईटर, रोयल ट्रेजर, पुर्वाञ्चल स्पेशल, नेट वर्क, हिमालयन ड्रागन, सिग्नेचर र रुस्लान भोडका लगायतका ११ किसिमका नक्कली मदिराहरु बरामद गरेको छ । मुखियाको घर र गोदामबाट ठूलो संख्यामा खाली बोत्तल र अन्तशुल्कको स्टीकर टाँसिएको बिर्कोे समेत फेला परेकोे मोरङ प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताएका छन् ।

प्रहरीले बरामद गरेको रक्सी आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाएको मोरङ्ग मोरङ प्रहरीले जनाएको छ ।

गत चैत्र महिनामा जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ७ को मुसहरी टोलमा नक्कली मदिरा सेवन गर्दा १५ जनाको मृत्यु भएको थियो। पुरा गाउँ शोकमग्न बनाएका यो जस्ता खबर वर्षभरी हाम्रा मिडियामा आइरहन्छन् ।
जुनसुकै बहानामा पनि यसरी नक्कली मदिरा बनाएर बेच्न छुट कसैलाई छैन र हुनु हुदैन ।

श्रवणले दाबी गरेजस्तै बजार भरी यसरी नक्कली मदिरा उत्पादन गर्नेहरु छन् भने ति सबैलाई नेपाल प्रहरीले कानुनको दायरामा ल्याउनु पर्छ र उचित कारबाहिको भागेदार बनाउनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्