मोरङमा दन्त उपचार बन्द गर्न अपिल, कोरोनाको जोखिम कारण

मोरङमा दन्त उपचार बन्द गर्न अपिल, कोरोनाको जोखिम कारण

विराटनगर जेठ ७,

कोरोनाबाट दन्त चिकित्सकहरु बढी जोखिममा हुने भएको भन्दै मोरङमा डेन्टल उपचार बन्द गर्न आव्हान गरेको छ ।

विश्वभरी संक्रमण फैलिरहेको कोभिड-१९ को संक्रमण फैलिने मुख्य माध्यम नाक तथा मुखबाट निस्किने थुक जन्य पदार्थ भएकाले कुनै पनि दन्त उपचारको क्रममा यस्ता मुखबाट निस्किने थुकहरु फैलिने सम्भावना उच्च रहने कुरा उल्लेख गर्दै नेपाल डेन्टल एशोसिएशन मोरङ्गले चिकित्सक र विरामी दुबैको स्वास्थय सजगता लाई ध्यानमा राख्दै सम्पुर्ण दन्त चिकित्सक, डेन्टल क्लिनिक र डेन्टल अस्पतालहरुमा जेठ ७ देखि कम्तिमा एक हप्ता सम्पुर्ण दन्त उपचार बन्द गर्न अपिल गरेको छ । एशोशिएसनका अध्यक्ष डा. अमित प्रताप शाहद्वारा हस्ताक्षरित  उक्त विज्ञप्तिमा हाल कोभिड -१९ को संक्रमण विराटनगर लगायत मोरङ्गमा समेत देखा परिसकेको यस अवस्थामा पर्याप्त पिसिआर परिक्षण पश्चात् मात्र मोरङ्गमा कोभिड १९ को संक्रमणको अवस्थाबारे जानकरी हुने कुरा समेत उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अत्यावश्यक ट्रमा केसका विरामीको उपचार गर्दा समेत व्यक्तिगत सुरक्षा सामाग्री अनिवार्य रुपमा लगाई मात्र उपचार गर्न चिकित्सकलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्