प्रदेश नम्बर १ कोरोना अपडेट : आजसम्म १३ हजार ५ सय ४४ जनाको नमुना परीक्षण

प्रदेश नम्बर १ कोरोना अपडेट : आजसम्म १३ हजार ५ सय ४४ जनाको नमुना परीक्षण

विराटनगर । प्रदेश १ मा १३ हजार ५ सय ४४ जनाको नमुना परीक्षण गर्दा ६६ जनामा कोरोना देखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पीसीआर) विधि र द्रुत परीक्षण विधिबाट परीक्षणलाई तीव्रता दिइएसँगै संक्रमणको दर पनि बढ्न गएको हो ।

प्रदेश १ मा ६६ जनालाई कोभिड १९ पुष्टि भएको छ । बुधबार थप ७ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका पाँच जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालमा धनकुटामा एक र धरानमा एक जनालाई कोरोना देखिएको छ ।

हाल प्रदेश १ का तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ । बुधबारसम्म पीसीआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।

आरडीटीबाट गरिएको परीक्षणमा ९ हजार ८ सय १२ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार २ सय ४७ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्‍वारेन्टाइन स्थलमा बस्‍नेको संख्या कुल १ हजार ११ जना रहेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ९ जना छन् । आइसोलेसनबाट बुधबार ४ जना डिस्चार्ज भएका छन् । होम क्‍वारेन्टाइनमा जम्मा ८ हजार ४ सय ६३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कोसी अस्पतालमा उपचारमा रहेका मध्ये हालसम्म २६ जना निको भई डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्