काठमाण्डौबाट पैदल आएका आठ भारतीय मजदुर हाल विराटनगरमा,आफ्नै देश फर्कने चाहाना

काठमाण्डौबाट पैदल आएका आठ भारतीय मजदुर हाल विराटनगरमा,आफ्नै देश फर्कने चाहाना

विराटनगर । सिहारा क्वारेन्टाईनबाट आएका ८ जना भारतीय मजदुरलाई युवा नेता वोसिम आलमको नेतृत्वमा उद्धार गरिएको छ ।
सिराहाबाट एम्बुलेन्सबाट मोरङको धनपालथान कदमामा आइपुगेका मजदुरहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङको आग्रमा मंगलबार १२ बजे राती उद्धार गरेको युवा नेता वोसिम आलमले बताए ।

आलमको अनुसार उनीहरुलाई धनपालथानका शसस्त्र प्रहरीको टोलिले स्कुलको गाडीमा ल्याएर होस्टेलमा राखिएको हो । लकडाउन अवधीभरी बस्नेको व्यवस्था गर्ने साथै वोसिम आलम नेतृत्वमा रहेकोे निशुल्क खाना खुवाउने टिमद्धारा खानाको व्यवस्था गर्ने आलमको भनाई छ ।
उद्धार गरिएका ८ जना मजदुरलाई विराटनगर ११ मा रहेको हाम्रो नेपाल होस्टेलमा राखिएको छ ।

हामी हाम्रो देश फर्कन चाहान्छौ 
कामको सिलसिलामा भारतबाट काठमाण्डौ पुगेका थिए मुहमद वासिर आलम । भारत आररीया जिल्ला लेलीखर पञ्चायतका आलम घरमा बुढा बाआमा, श्रीमती, छोरोछोरी छोडेर तीन महिना अघि काम गर्न उनीसँगै सात जना साथीहरु काठमाण्डौ पुगेका थिए ।
काठमाण्डौको डिल्लि बजारमा बस्दै आईरहेका उनीहरु रङ पेन्टिङका काम गर्ने गरेको आलमले बताए । काम राम्रैसँग चलिरहेको थियो कोरोना भाईरस संक्रमण उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेसँगै वासिर आलमसँगै उनको साथीहरुको पनि काममा लक लाग्यो ।

भाईरस संक्रमणको त्रास विच पनि लकडाउनको १५ दिनसम्म जसोतसो काठमाण्डौमा नै बसे उनीहरु, डेढ महिनासम्म काम गरेको पैसा साहुले नदिएको आलमले बताए , पैसा नएपछि दैनिक जिउने उनीहरुको जीवनशैली कष्टकर बन्दै गइरहेको थियो ।
रोगले भन्दा पनि भोकले मर्ने त्रासले वासिर आलम लगायत उनका साथीहरुले लकडाउन थपिदै गएपछि काठमाण्डौबाट हिँडेर नै भए पनि आफ्नै देश फर्किन तयार भए । देश फर्किनका लागिा लागि कुनै विकल्प नभए पछि उनीहरुले तय गरे पैदल यात्रा ।

काठमाण्डौबाट घण्टौ लगाएर कयौं भोक भोकैका दिन कटाएर प्रहरीको चेकिङ छल्दै ८ जना नै सिराहा पुगे । लकडाउनका कारण अव्यवस्थि भएको उनको जीवन आफ्नो देश पुगेर सहज बनाउने झिनो आशामा आफ्नै रफतारमा चोलेको पाईला सिराहाको किर्जिन्या पुगेपछि रोकियोे अर्थात उनीहरुको यात्रामा ब्रेक लाग्यो ।
उनीहरुलाई स्थानिय निकायले चेकजाँच गरी क्वारेन्टाइनमा राखिदिएसँगै उनीहरु २२ दिनसम्म सिराहा क्वारेन्टाईनमा नै बसे । २२ दिनका अन्तरालमा उनीहरुको स्वाव परिक्षण पछि नतिजा नेगटिभ आएकाले १४ दिनसम्म घरैमा सुरक्षित रहनु भन्दै क्वारेन्टाईनबाट पनि विदा दिए ।

२२ दिन पछि पुन यात्रा आरम्भ भयो आफ्नै देश फर्किने, उनीहरु एम्बुलेन्स चढेर मोरङस्थित धनपालथानसम्म आईपुगे पनि यो समय विश्व महामारीकोरुपमा फैलिएको कोरोना भाईरस संक्रमणको बढ्दो जोखिमसँगै विश्वका कयौं देश लकडाउनको अवस्थामा छ भने नेपाल, भारत पनि यो समय लकडाउनको अवस्थामा छ भने नेपाल भारत आवतजावत गर्ने सम्पूर्ण सिमा नाका सिल लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्