अपडेट : विराटनगरमा घर भित्रै गाडेको अवस्थामा भेटिएको शव घरधनी सत्यनाराण कै हुन सक्ने प्रहरीको आशंका

अपडेट : विराटनगरमा घर भित्रै गाडेको अवस्थामा भेटिएको शव घरधनी सत्यनाराण कै हुन सक्ने प्रहरीको आशंका

विराटनगर । विराटनगर १४ झटियाई स्थित एक घरमा शव गाडेको अवस्थामा भेटिएको छ ।

५५ वर्षीय सत्यनारायण चौहानको घरमा भित्र गाडिएको अवस्थामा शव भेटिएको हो । फेला परेको शव धरधनी सत्यनारायण कै हुन सक्ने मोरङ प्रहरीले आशंका गरेको छ ।

बाबु छोरा मात्रै बस्दै आएका सत्यनारणको घरमा बुधबार बेलुकी शव फेला परेको हो । सत्यनारायणका ३ छोरा छन् । उनीसँग घरमा जेठा छोरा २९ वर्षीय रोहित चौहान बस्दै आएका थिए ।
माईला छोरा नगेन्द्र चौहान आफ्नो श्रीमतीसँग रानी भटीमोडमा बस्दै आएका छन भने कान्छा छोरा ४ बर्षदेखी घरमा छैनन् । सत्यनाराणको श्रीमतीको १२ वर्ष अगाडी नै निधन भईसकेको छ ।
घर भित्र गाडीको शवलाई २ छोरा र प्रहरीको टोलीले खनेर निकालेको थियो । शव हेर्दा ४– ५ दिन अगाडी नै हत्या गरी गाडेको हुन सक्ने प्रहरीको अनुमान छ । घर भित्र गाडेको अवस्थामा भेटिएको शवलाई हाल कोशी अस्पतालमा पोष्टमार्टमको लागि लगिएको छ । दुवै छोरालाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख विश्व अधिकारी जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्