विराटनगरमा ४ घण्टा बैंक तथा निर्माण सामग्रीका पसल खोल्न दिने तयारी

विराटनगरमा ४ घण्टा बैंक तथा निर्माण सामग्रीका पसल खोल्न दिने तयारी

विराटनगर जेठ ९,  विराटनगरमा बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने गरि टाइम कार्ड बनाउने तयारी गरेको छ।

महानगरपालिकाको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउनका बेला पनि विकास–निर्माणका काम नरोक्न निर्माण सामग्रीका पसल खोल्ने निर्णय गरेको हो। महानगर प्रमुख भीम पराजुलीले यसअघि मुख्यमन्त्रीको संयोजकत्वमा रहेको संकट व्यवस्थापन समितिले पनि यहीअनुसारको निर्णय गरेको जानकारी दिए।

यस्तै, व्यवस्थापन समितिको बैठकले आइसिपीबाट नेपाल भित्रिएका भारतीय गाडीलाई महानगरभित्र रोक्न नदिने र सिधै कतै नरोकी गन्तव्यसम्म पुग्न अनुरोध गरिने निर्णय गरेको छ।

त्यसैगरी, छिमेकि मुलुक भारतबाट नेपाल आएका बिरामीका कुरुवा, चालक र बिरामीका विषयमा सावधानी अपनाउने निर्णय पनि बैठकले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्