विराटनगरमा आफ्नै छोराहरु मिलेर गरे बुबाको हत्या, यस्तो थियो घटना

विराटनगरमा आफ्नै छोराहरु मिलेर गरे बुबाको हत्या, यस्तो थियो घटना

विराटनगर । विराटनगर १४ झटियारि स्थित आफ्नै घरभित्र गाडिएको अवस्थामा बुधबार साझ शव फेला परेका ६९ वर्षिय सत्यराम भनिने सिताराम चौहानको हत्यामा उनकै दुई छोराको संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बावुको हत्या आरोपमा प्रहरीले जेठा छोरा रोहित र माइला छोरा नागेन्द्र चौहानलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई प्रहरीले बिहीबार डिजिटल पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।दुवै छोराले गत शनिबार मदिरा सेवन गरि बावुको हत्या गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । बावुको हत्यामा माटो खन्ने कोदालो प्रयोग गरिएको खुलेको छ । हत्यापछि बावुको शव घरभित्र ३ फिटको गहिरो खाडल खनेर गाढेको एसपी अधिकारीले बताए ।

हत्या गर्ने योजना नबनाएको भए पनि मदिराको नशामा लठिएपछि आबेगमा आएर छोराहरूबाट हत्या गरिएको प्ररम्भिक चरणको अनुसन्धाबाट खुलेको एसपी अधिकारीले बताए ।

‘छोराहरूबाट मार्छु भन्ने योजना नभए पनि तत्काल रिसको आवेगमा आएर बावुको हत्या भएको अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने, ‘शनिबार हत्या गरेपछि आइतबार मात्र शवलाई खाडल खनेर घर भित्रै गाढेको पाइयो ।’

राती ९ बजेको समयमा घर भित्र बावुको हत्या गरेको थिए । ‘बावुको हत्या गरेपछि दुवै छोरा त्यस दिन घर भित्र सँगै सुतेको अनुसन्धानबाट देखियो,’ उनले भने, ‘बावुको हत्या भएको खुल्ने डरले भोलीपल्ट मात्र शवलाई खाडल खनेर गाढेको खुलेको छ ।’ छोराहरूले काम गरेको पैसा बावुले मागेपछि झगडा हुँदा छोराहरूले बावुको हत्या गरेको प्रहरीले जनाएको छ ।
बावुसँग जेठा छोरा मुन्ना भनिने रोहित चौहान बस्दै आएका थिए । माइला छोरा विराटनगर १५ रामजानिक चौकमा बस्दै आएका छन् भने कान्छा छोरा ४ वर्षदेखी सम्र्पक विहीन छन् ।
कोठाभाडामा बसेका माइला छोरा नागेन्द्रकोमा सत्यराम प्राय जसो जाने गरेका थिए । ४÷५ दिनदेखी ससुराबा माइला छोराकोमा नआएपछि बुहारी सत्यरामकोे घरमा बुधबार पुगेकी थिइन् । घरको ढोका खुल्ला भएर कोठा पूरै दुर्गन्द र रगत लतपतेको टिसट देखेपछि उनी इलाका प्रहरी कार्यालय रानी विराटनगरमा पुगेकी थिइन् ।

मोरङ प्रहरी र इप्रका रानीको प्रहरी टोली सत्यरामको घरमा पुग्दा करिब ३ फिट गहिरो खाडल खनेर गाडेको अवस्थमा शव प्रहरीले बरामद गरेको थियो । प्रहरीले दुवै छोरालाई बुधबार साझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्