उद्योग व्यापारको अवस्था बुझ्न अनलाइन सर्भे हुदै

उद्योग व्यापारको अवस्था बुझ्न अनलाइन सर्भे हुदै

कोरोनाको चपेटामा पुरै बिश्वको अर्थतन्त्र डगमगाइ रहेको छ । एकातिर बिश्व नै आ-आफ्नो अर्थतन्त्र जोगाउन आफ्नो देशका उद्योग-ब्यापारहरुलाई बचाउने रणनीति बनाउने क्रममा छ भने नेपालमा भने त्यस्को ठिक बिपरित भै रहेको अवस्था छ । उद्योगि-ब्यापारिहरुलाई चोरको उपाधीले पनि सम्मान भै सकेको अवस्थाको सिर्जना नेपालमा भएको छ ।

साना ब्यापारीहरुलाई हेर्ने र तिनीहरुका आवाज सुन्ने पनि कोहि नभएको गुनासो सुन्नमा आइरहेको छ । यी सबै कुराहरुलाई मध्यनजर गर्दै थुप्रै उद्योगी-ब्यवसायीहरुको एउटा छुट्टै सन्जालको परिकल्पना गरिएको छ - "Voice For Change" अर्थात "परिवर्तनका लागि आवाज" । सबै वर्गका उद्योगी-ब्यापारीहरुलाई एउटै तराजुमा राखेर, उनिहरु सबैका तथ्यान्क, समस्या, राय, सुझावहरु संकलन गरि, त्यसलाई सङठित गरि आवश्यक निकाय सम्म यस सन्जाल मार्फत सो अवाज पुर्याउने उद्देश्य रहेको छ ।

यहाँहरुलाई पनि सो सन्जालमा आफ्नो उद्योग-ब्यापारका समस्या, राय, सुझावहरु प्रस्तुत गर्ने मन भए यहाँहरुले तलको लिन्कमा क्लिक गरेर भर्न सकिनेछ  ।फारम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्