विराटनगर । विराटनगर महानगरपालीकाका २ वटा वडामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको विराटनगर महानगरपालीकाले पिसिआर प्रविधीद्धारा गरिएको स्वाब संकलन पस्चात उनीहरुमा पोजेटिभ देखिएको हो ।
गत जेष्ठ ४ गते उनीहरुमा पोजिेटभ देखिएकोबारे स्वास्थ्य मन्त्रालयले नै प्रेस विज्ञप्ती निकाल्दै पोजेटिभ भएको बारे जानकारी गराएको थियो । विराटनगर ६ की २९ बर्षिया महिला र विराटनगर १५ का ३६ बर्षिय पुरुषमा पोजेटिभ देखिएको हो ।
कोरानाको संक्रमण दखिएको विराटनगर ६ मा भने केही हद सम्म लकडाउनको पालना संगै शिल पनि गरिएको प्रष्ट देख्न सकिन्छ । मानिसहरु घरभित्रै बसेका छन् । तर यता विराटनगर वडा न १५ मा भने कोरोना पोजेटिभ देखिएका व्यक्तिको घर अगाडी त्यो पनि सडकमा खुलेआम क्रिक्रेट खेलिरहेका तस्बिर आवर विराटनगरको क्यामारामा कैद भएका छन् । दृष्यमा देखिएको यो चहलपहल त्यहीको हो जहाँ विराटनगरमा पहिलो पटक एक पुरुषमा कोरोना पोजेटिभ देखिएको स्थानमा हो ।
महानगरमा सरसफाई गर्ने कर्मचारीमा देखीएपछि अहिले उनी कोशी कोभिड १९ उपचार केन्द्रमा छन् । तर ती पुरुष बसेको छरछिमेक भने बुधबार विहानै एउटा भ्रम कसैले फैलाईदियो । कोरोना पोजेटिभ देखिएका व्यक्तिलाई कोरोना नभएर क्षयरोग लागेको भन्दै छरछिमेकीहरुले आफ्नो गुनासो यसरी पोखिरहेका थिए ।
उनीहरु पनि कोरोना लागेको छैन भन्दै मस्तले खुलेआम क्रिटेक खेलिरहेको दृष्य प्रष्ट देखिन्थ्यो । कोरोना संक्रमण देखिएका व्यक्ति बसेको वरपरका मानिसहरु कोराना नलागेको भन्दै यसरी खुलेआम लकडाउनको पालना नगरी जथाभावी हिड्ने गरेको स्थानियवासीको भनाई छ ।
यसरी कोरोना पोजेटिभ देखिएको स्थानबाट आमसर्वसाधरण जथाभावी हिड्दा एक आपस कोरोनोको संक्रमण फैलन सक्ने स्थानिय मेनुका साहले बताईन् ।
प्रहरीलाई पनि खबर गरेको तर प्रहरीको पनि कुरा अटेर गर्ने गरेको साहको भनाई छ । यो ठाँउलाई सम्बन्धीत निकायले तत्काल सिल गर्न समेत उनले आग्रह गरिन् ।
तर यता विराटनगर वडा १५ का वडा अध्यक्ष अस्लम आलमले कोरानाका संक्रमित व्यक्ति क्षयरोग लागेको उक्त कुरा अफाहमा कसैले फैलाएको बताए । आफुलाई पनि विहानैदेखी त्यसबारे हल्ला फैलाएको बारे जानकारी पाएको तर हल्लाको पछि कसैलाई नलाग्ने समेत आस्लमले आग्राह गरे ।
यसरी विहानैदेखी अफाहमा फैलिएकोको कुरामा विराटनगर महानगरपालीकाको स्वास्थ्य विभागले समेत स्पष्ट पार्ने गरी प्रेस विज्ञप्ती नै निकालेर हल्लाको पछाडी नलाग्न आग्रह गरेको छ ।
यता वडा अध्यक्ष आलमले उक्त स्थानमा लकडाउनको पालना नगरेको स्थानमा प्रहरी प्रशासनसँग समन्वय गरेर घरमा बस्ने बाताबरण मिलाई लकडाउनको पालन गराउन लगाउने प्रतिवद्धता जाहेर गरे ।
त्यो भेगका रेखदेख ईलाका प्रहरी कार्यालय रानी विराटनगरले गर्नुपर्ने हो । तर प्रहरी पुगेको बेला घर भित्र बस्ने अनि प्रहरी हिडेपछि फेरी बाहिर सडकमा क्रिकेट खेल्ने गरेको भेटिएको छ । यता ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले सो ठाँउमा प्रहरी तैनाथ खटिरहेको दावी गरे । एक स्थानबाट अर्को स्थानमा मान्छेहरुको भिड हटाउन जादाँ पुलिस नभएको मौका छोप्दै बाहिर निस्कीएको हुन सक्ने थापाको भनाई छ ।
कोरोना जस्तो संवेदनसिल भएकाले मौजाद जनशक्तिको प्रयोग गर्दै आफ्नो जनशक्तीले भ्याए सम्म निगरानी बढाईरहेको प्रहरी निरीक्षक थापाले दावी गरे ।