मोरङ्ग सुनसरीका ईट्टाभट्टाका श्रमिकहरु मारमा, लकडाउनले घरमा चुलो बलेन

मोरङ्ग सुनसरीका ईट्टाभट्टाका श्रमिकहरु मारमा, लकडाउनले घरमा चुलो बलेन

विराटनगर । कोरोना भाईरस संक्रमण न्यूनिकरणका लागि सरकारले गत चैत्र ११ गते जारी गरेको लकडाउनसँगै यो समय सम्पूर्ण उद्योगद्यन्दा तथा कलकारखानाहरु ठप्प छ ।

लकडाउनका कारण मोरङ्ग सुनसरी कोरिडोरका दैनिक ज्याला मजदुर गर्ने श्रमिकहरु विषेश दैनिक ज्यालादारीमा ईट्टाभट्टामा काम गर्ने श्रमिकहरु मारमा परेका हुन ।
प्रदेश नम्बर १ मा मोरङ्ग सुनसरी कोरिडोर अन्तर्गत सञ्चालन भएका करिब ६ सय जति उद्योगहरुमा ६० हजार बढी प्रत्यक्ष कामदारहरु रहेका छन भने झापा, मोरङ्ग, सुनसरी र सप्तरी सञ्चालन भएका १ सय बढी ईट्टाभट्टाहरुमा करिब २० हजार बढी नेपाली तथा भारतीय कामदारहरु रहेका छन ।

रोजगारीका लागि छिमेकी मुलुक भारत र नेपालका विभिन्न जिल्लाबाट ईट्टा उद्योगमा काम गर्न आएका मजदुरहरु लकडाउनका कारण उद्योगमा नै खाली हात दिन बिताउन बाध्य भएका छन । भने भारतीय कामदारसँगै नेपाली कामदारहरु पनि आफ्नो घर फर्कन पाएका छैनन् । स्वदेश फर्कने चाहान्छन् ।

मोरङको कटहरी–२ स्थित आरती ईट्टा ट्रायल उद्योग प्रा.लि मा कार्यरत मजदुरहरु लकडाउनको कारण काम विहिन भएका छन् । उनीहरु काम नभएर खाली हात बस्न बाध्य बनेका छन् । भने उनीहरुलाई उद्योगीले आफ्नै पहलमा खान र बस्ने व्यवस्था मिलाईदिएका छन ।

भारतबाट नेपाल रोजगारीका लागि आएका २२ बर्षीय समयुल मियाँ ७ वर्ष देखि आरती ईट्टा ट्रायल उद्योगमा काम गर्दै आईरहेका बताउछन । सरकारले जारी गरेको लकडाउनसँगै उनको ईट्टा बनाउने काममा पनि लक लाग्यो । आफुले कमाएको पैसाले जसोतसो घर खर्च चलाए, जब पैसा सकियो दैनिकी चलाउन कष्ट परेको उनी सुनाउछन् । भारतको पश्चिम बङ्गाल निवासी मियाँ आफ्नो श्रीमती, बुवा, भाई र एउटी छोरीका साथ उद्योगमा नै दिन बिताईरहेका छन । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्दै आएका उनको दिनचर्या हाल असहज बन्दै गएको छ । भने उनी जसरी भए पनि आफ्नै स्वदेश फर्कन चाहान्छन् । उनको जस्तै सोहि उद्योगमा कार्यरत २५ वर्षीय मोमिनुर मियाँको पनि कथा उस्तै छ । लकडाउन जारी भएसँगै उनको पनि काममा लक लागेको छ भने उनी कामविहिन भएका छन् । लकडाउन सुरु भए देखि अर्थात २ महिना देखि ईट्टाभट्टामा दैनिक हुने काम बन्द छ । भने उनको पनि दैनिकी कष्टकर बन्दै गइरहेको उनले बताए । उनको पनि आफ्नै स्वदेश फर्कन चाहान्छन् ।

त्यसो त समयुल र मोमिनुर को जस्तै सोहि ईट्टा उद्योगमा काम गर्दै आईरहेका अन्य २ सय ४३ जना कामदारहरुको कथा, व्यथा उस्तै छ ।
दैनिक एक देखि डेढ लाख ईट्टा उत्पादन हुने पछिल्लो समय शुन्य नै रहेको छ, लकडाउनका कारण काम ठप्प छ । भने कामदारहरु खाली हात बस्न बाध्य बनेका छन् ।

उनीहरुको व्यवस्थापनका लागी आवश्यक पहल भईरहेको सो ईट्टा उद्योगका व्यवस्थापक यम कुमार श्रेष्ठले जानकारी दिए । उनको अनुसार मजदुरहरुको व्यावस्थापनका लागी प्रदेश सरकार देखि संघीय सरकार हुँदै भारतीय राजदुतावससम्म प्रयास जारी रहेको छ ।
भने लकडाउनका कारण मजदुरहरुमा भोकमरीको अवस्था सिर्जना हुन नदिन सरकार वैकल्पिक रुपमा अगाडी बढनुपर्ने उद्योग सङगठन मोरङ्गका अध्यक्ष भीम घिमिरेले बताए ।

उनले विभिन्न उद्योगद्यन्दा तथा कलकारखानाहरुमा कार्यरत मजदुरहरुलाई पनि मितव्ययी भएर कम खर्चमा जिविकोपार्जन गर्न आग्रह गरे । आ–आफ्नो स्वदेश फर्कन चाहने भारतीय कामदारहरुका लागी तीनै तहबिचको समन्वयकारी भुमिकाको आधारमा निकास दिने आश्वासन प्राप्त भएको घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्