विराटनगरका युवा शाण्डिल्य योस्ट केयर फण्ड अवार्डबाट सम्मानित

विराटनगरका युवा शाण्डिल्य योस्ट केयर फण्ड अवार्डबाट सम्मानित

विराटनगर घर भई काठमाडौंमा प्राविधक कम्पनी संचालन गरिरहेका युवा व्यवसायी गंगा काफ्ले(शाण्डिल्य)ले योस्ट केयर फण्ड प्राप्त गरेका छन् ।

वेबसाइट बनाउन प्रयोग गरिने वर्डप्रेसको प्लगिन निर्माण गर्ने कम्पनी योस्ट एसइओले प्रदान गर्ने योस्ट केयर फण्ड उनले प्राप्त गरेका हुन् । २५ हजार डलर बराबरको फण्डबाट बर्सेनि करिब ५० जना व्यक्तिलाई दिईने उक्त अवार्ड, नोमिनेसनको आधारमा अवार्ड दिने कम्पनीले मुल्यांकन गरि प्रदान गर्ने गर्दछ | उनलाई यस अवार्ड वापत ५ सय डलर(करिब ६० हजार नेपाली रुपयाँ) , प्रमाणपत्र र ब्याड्जहरु प्रदान गर्नुका साथै योस्ट एसईओको वेबसाइटमा इन्टरभ्यु प्रकाशन गरेको छ ।

यो अवार्ड बिशेस गरि वर्डप्रेस समुदायमा स्वयमसेवी रुपमा वर्डप्रेसलाई उत्कृष्ठ कार्य गर्ने संसारभरका करिब ५० जना व्यक्तिहरुलाई यो अवार्ड प्रदान गर्दछ । आवर विराटनगरसँगको कुराकानीमा उनले अरु कसैले नोमिनेट गरिदिएर यो अवार्ड प्राप्त गरेको बताए । नेपालबाट यो अवार्ड पाउने पहिलो व्यक्ति नै शाण्डिल्य हुन् । उनले संचालन गरेको टेम्प्लेट सेल कम्पनीले काठमाडौंमा रहेर वर्डप्रेस को क्षेत्रमा वेबसाइट बनाउने, थिम बनाउने लगायतको कार्यहरु गरिरहेको छ ।

वर्डप्रेस वेबसाइट बनाउन सजिलो र सित्तैमा पाईने ओपन सोर्स सफ्टवेयर हो । हाल यो सफ्टवेयर प्रयोग गरेर विश्वमा ३५% भन्दा बढी वेबसाइटको निर्माण हुने गरेको छ | सन् २००३ देखि सुरु भएको वर्डप्रेस अहिले १०० भन्दा धेरै भाषा र १०० भन्दा धेरै देशमा संजाल विस्तार पनि भईसकेको छ |

काफ्ले वर्डप्रेसको थिम टिमको एक एडमिन पनि हुन्, जहाँ उनले बिश्वभर बाट वर्डप्रेसको अफिसियल वेबसाइटमा हालिएका थिमहरुको गुणस्तर हेर्ने काम पनि गर्छन | सन् २०१८ को डिसेम्बरमा बिराटनगरमा पनि उनको नेतृत्वमा वर्डप्रेसको अन्तरास्ट्रिय कार्यक्रम वर्डक्याम्प बिराटनगर २०१८ सम्मन्न भएको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्