कोरोनाको कहर र लकडाउन विच विराटनगरमा वट सावित्री पर्व मनाईयो

कोरोनाको कहर र लकडाउन विच विराटनगरमा वट सावित्री पर्व मनाईयो

विराटनगर । मिथिला क्षेत्रका महिलाहरूले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाएका छन् ।
श्रीमान्को सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै विवाहित मैथिल महिलाहरूले नजिकैको वरको वृक्ष मा शुक्रबार विहानैदेखि पूजा गर्दे वटसावित्री पर्व मनाएका हुन् ।

तर यसवर्ष भने वट सावित्री पर्व अन्य वर्ष झै खासै चहलपहल देखिएन । यस वर्ष विराटनगरमा कोरोनाको सन्त्राससँगै लकडाउनको विच मनाएका छन् । विगतका वर्षहरूको तुलनामा सार्वजनिक स्थान वर(पीपलको बोटमुनि भीड़भाड़ कम देखिए । कतिपयले घरमा नै वरको वृक्ष लगाएर महिलाहरु पूजापाठमा गरे ।
विराटनगरको विभिन्न स्थानमा रहेको वरको रूख भएको स्थानमा व्रतालु महिलाहरू विधि विधानपूर्वक आआफ्नो पतिको दीर्घायुको कामना गर्दै पूजापाठ गरेका दृष्य देखिन्थे ।

प्रत्येक वर्ष जेष्ठ कृष्णपक्षको औंसीका दिन मनाइने यस पर्वमा देवी, पार्वती, सावित्री र नागका साथै वरको रूखको पूजा गर्ने गरिन्छ ।
पौराणिक मान्यताअनुसार प्राचीनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएको विश्वास गरिन्छ ।

सो क्रममा महिलाहरूले बिहानैदेखि उपवास बसेर स्नानपछि नयाँ वस्त्र धारण गरी आँप, केरा, हातेपंखा, मिठाई, चना, काँक्रो लगायतका सामग्री सहित नजिकैको वरको रूखमुनि पुगेर पूजा गरी सावित्री, नाग र पार्वतीलाई चढाउने गर्छन् ।
नवविवाहितले पहिलो वर्षमा विशेष पूजा गरेर मनाउने गर्छन् भने अन्य विवाहित महिलाले वोटवृक्षमै गएर पूजा गरी कथासमेत श्रवण गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्