युवा व्यवसायी गुरुङद्धारा विराटनगरका विभिन्न स्थानमा राहत सामाग्री वितरण

युवा व्यवसायी गुरुङद्धारा विराटनगरका विभिन्न स्थानमा राहत सामाग्री वितरण

विराटनगर । विराटनगरका युवा समाजसेवीहरुले लकडाउन प्रभावित गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई खाद्यान्न वितरण गरेका छन् ।

गत चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका नागरिकहरुको रोजीरोटीमा असर परेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुले राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।

विराटनगर ११ का युवा व्यवसायी तथा समाजसेवी मनिस गुरुङको समुह मिलेर शनिबार विराटनगरका विभिन्न स्थानमा आफै पुगेर राहत वितरण गरेका हुन् ।

२ महिना लामो समयदेखी जारी लकडाउनको चपेटामा परेका अति विपन्न परीवारलाई घरायसी खाद्यन्न वितरण गरेका हुन् । युवाहरुको समुहले विराटनगर ११ जनपथ टोलका १ सय घरपरिवारलाई राहत सामाग्री वितरण गरेका हुन् । त्यसै गरी विराटनगर १० स्थित न्यूरो हस्पिटल बङ्लामुखी क्षेर र नयाँ सोमबारे हटिया छेउ प्रतिभा मार्गका विपन्न्न वर्गका व्यक्तिहरुलाई राहत सामाग्री वितरण गरिएको युवा समाजसेवी मनिस गुरुङले जानकारी दिए ।

‘अहिले लकडाउनको समय छ, दैनिकी ज्यालादारीमा मजदुरी गरेर जिवीको पार्जन गर्नेहरुको घरको चुलोमा आगो बल्न छाडिसकेको छ गुरुङले भने, ‘त्यसैले केही मात्रामा भए पनि खाद्यान्न सामाग्री वितरण गरिएको हो ।’

हामी सम्पुर्ण युवा टिम मिलेर यस अघि पनि विराटनगरका विभिन्न स्थानमा पुगेर राहत समाग्री गर्दै आएका छौ ।
मनिस गुरुङले यस अघि मोरङ क्षेत्र नम्बर ५ का विपन्न वर्गलाई नेपाली काग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल मार्फत राहत सामाग्री वितरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्