विराटनगरमा भारतबाट आएका तीन जना लुकेर बसेपछि घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा

विराटनगरमा भारतबाट आएका तीन जना लुकेर बसेपछि घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा

विराटनगर । भारतमा काम गर्न गएका ३ व्यक्ति दाङबाट आएको भन्दै प्रहरीलाई ढाटेर घरमा बसेका ३ व्यक्तिलाई क्वारेन्टाईनमा लगिएको छ ।

भारतको पटनामा काम गर्न गएको ३ जना नेपाली लुकिछिपी सप्तरीको कुनौली बोर्डरबाट रातको समयमा भागेर आएको विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले जानकारी दिए । उनीहरुलाई विराटनगर महानगरपालीकाको नगर प्रहरीले शनिबार दिउसो घर मै पुगेर नियन्त्रणमा लिई क्वारेन्टाईजनमा लगेको मेयर पराजुलीले बताए ।

विराटनगर १२ का २६ वर्षिय प्रविन देवान , २७ बर्षिय किसन सहनी र विराटनगर ५ का प्रदिप राय कुनौलीको बोर्डरबाट भागेर आएका थिए । उनीहरु सप्तरीबाट खाद्यान्न बोक्ने टाटा सुमो गाडीमा लुकेर आउदै गर्दा विराटनगरको प्रवेशद्धारामा प्रहरीले सोधपुछ गर्दा दाङबाट आएको भनेर ढाटेका थिए ।

नगर प्रहरीले उनीहरुको स्वास्थ्य चेकजाँच गरी १४ दिन सम्म घर मै बस्नु भनेर पठाएको नगर रक्षक इन्चार्ज राजेन पौडेलले जानकारी गराए । तर स्थानियबासीले उनीहरु दाङबाट नभएर भारतबाट आएको भन्ने थाहा पाएपछि पुन उनीहरुलाई तत्काल नियन्त्रणमा लिई क्वारेन्टाईनमा पठाए पौडेलले बताए । भारतबाट लुकीछिपी आएका ३ जनालाई अहिले विराटनगर मेन रोडमा रहेको अतिथी सदनको क्वारेन्टाईनमा राखिएको महानगरले जनाएको छ ।

कोरोना भाइरसका सक्रमित भारतमा दिनानुदिन बढीरहेको बेला यता नेपाल आउने नेपालीहरुमा पनि कोरोना सर्न सक्ने सम्भावना बढ्ने भएकाले नगरवासलाई सर्तक रहन मेयर पराजुलीले आग्रह गरे । भारतबाट आउनेहरुलाई त्यसरी भागेर नआउन आग्रह गरे । भारतबाट आएकाहरुलाई तत्काल उनीहरुको स्वास्थ्य चेकजाँच गरी १४ दिनसम्म क्वारेन्टाईनमा राख्नु पर्ने भएकाले सबैलाई जानकारी गराउन समेत पराजुलीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्