प्रहरी साथी बन्दै : विराटनगरमा निशुल्क खाना खुवाउने अभियानलाई प्रहरीको साथ

प्रहरी साथी बन्दै : विराटनगरमा निशुल्क खाना खुवाउने अभियानलाई प्रहरीको साथ

विराटनगर । लकडाउनको पहिलो दिन अर्थात (चैत्र ११) देखि विहानको समय होस या मध्य दिनको चर्को घाम कुनै प्रवाह नगरी सडकमा जनतालाई घर बाहिर ननिस्कनुस भन्दै आग्रह गरीरहेको अवस्थामा भेटिने वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिएसपी वेद प्रसाद गौतम साथमा प्रहरी निरिक्षक विकास राई सँधै दौडधुपमा नै भेटिन्छन् ।

घर परिवार, आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी देश र जनताको शान्ति सुरक्षा साथै जिउिधनका लागि अहोरात्र खटिरहने डिएसपी गौतम र प्रहरी निरिक्षक राई निशुल्क खाना खुवाउने अभियनमा सक्रिय रहेका युवाहरुलाई थप हौसला प्रदान गर्न आईतबार बिहान सडकमा पुगेका थिए । ‘लकडाउन कार्यान्वयनमा आएसँगै विराटनगरका सडक पेटीमा जीवन व्यतित गर्ने साथै दैनिक ज्याला मजदुरी गर्नेहरुको दैनिकी संटमा परेको छ । भने युवा नेता वोसिम आलमको नेतृत्वमा ५५ दिन देखि युवाहरुले दैनिक निशुल्क खाना खुवाईरहेका छन् ।

दैनिक निशुल्क खानख खुवाउने अभियानलाई वडा प्रहरी कार्यालयले पनि साथ दिएको छ । विश्वव्यापीरुमा फैलिएको कोरोना भाईरस संक्रमण (कोभिड– १९) रोकाथामका लागि सरकारले लकडाउनको घोषणा गरेको ६० दिन पुग्दै गर्दा विराटनगरका सडक पेटीमा जीवन व्यतित गर्ने साथै दैनिक ज्याला मजदुरी गर्नेको दैनिकी संकटमा परिरहेको अवस्थामा प्रहरीले पनि युवाको कार्यलाई साथ दिएको हो ।

जब बिहानको ९ः३० को समय हुन्छ सडकमा बस्ने प्रत्येक मानिसहरुको आँखा बाटो तिर हुन्छ । कुन बेला बाईकको हर्न बज्छ भन्दै बाटो हेर्छौ हामी, खाना खान बसेका धनन्ज्य मण्डलले भने ।
कमाई सडकमा नै थियो, फोहोर बटुलेर त्यहीँबाट आएको पैसाले पेट भर्ने गरेको उनले सुनाए । तर लकडाउन सुरु भएसँगै उनको दैनिकीमा पनि लक लाग्यो । अहिले कामविहिन छन् उनी ।
उनको जस्तै सडकमा बस्ने थुप्रैको कथा उस्तै छ ती मध्ये रामपृत महतोको पनि आफ्नै कथा छ । उनी भन्छन् घर छोडेको वर्षौ भयो, अब त घरले पनि विर्सियो होला । उनी पनि सडकमा नै बस्छन् । सडकको पेटिमा नै रात विताउछन् ।

उनलाई आजभोली सडकको पेटी सडकमा भेटिएका सबै मानिस आफ्नो लाग्न थोलको सुनाउछन् ।
यो संकटकको अवस्थामा युवाहरुले फुटेर होईन जुटेर समाजका लागि केहि गर्न निशुल्क खाना खुवाउने अभियानका युवाहरुबाट केहि सिक्न जरुरी रहेको डिएसपी गौतमले बताए । उनले भने युवाहरुको निस्वार्थ कामका लागि साथ सहयोग, हौसला रहनेछ ।
सडकमा जीवन व्यतित गर्ने कोहि पनि भोकै नहोस भन्ने उद्देश्यले निशुल्क खाना खुवाउने अभयिान सुरु गरेको वोसिम आलमले बताए ।

उनले भने वडा प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतम र प्रहरी नायव निरिक्षक विकास राईले निशुक खाना वितरणमा साथ दिँदा थप युवाहरुमा हौसला मिलेको छ ।उनीहरुले हालसम्म सडक पेटीमा बस्ने २ सय ६४ जनालाई दैनिक खाना खुवाउदै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्