विराटनगर १६ बर्माटोलमा मैनबत्ती निभाउन विर्सदा घर जलेर नष्ट,५ लाख बराबरको क्षति

विराटनगर १६ बर्माटोलमा मैनबत्ती निभाउन विर्सदा घर जलेर नष्ट,५ लाख बराबरको क्षति

विराटनगर । लाईन गएको बेला घरमा बालेको मैन बत्ति निभाउन विर्सदा गएराती एक घरमा लागलागी हुदाँ ५ लाख बराबरको क्षति भएको छ ।

विराटनगर महानगरपालीका वडा नं १६ बर्माटोल गुम्मा स्थित एक तले काठको घरमा आईतबार राती आगलागी भएको थियो ।
जुद्धमैच फेक्ट्री अगाडी गुम्बा छेउमा बसोबास गर्दै गणेश कुमार घिमिरेको घरमा राती आगलागी हुँदा घरमा रहेका सम्पुर्ण धनमाल, भाडावर्तन, लत्ताकपडा र खाद्यान्न सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गएराती लाईन गएको बेला मैनबत्ती बालेर निभाउन विर्सदा बालेको मैनबत्ती भुईमा खसेर आगलागी भएको घरधनी शोभा घिमिरले जानकारी दिईन् । राती आएको हुरीवतासपछि घरमा लाईन थिएन्, ‘मैले मैनबत्ती बालेर बसेको थिए घिमिरले भनिन्,‘पछि त्यति कै निभाउन विर्सेछु पछि घरमा अचानक आगो बलेको देख्दा मात्रा थाहा पाए ।’

आगलागी विराटनगर महानगरपालीकाको एउटा दमकल आएर २ घन्टापछि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । आगलागीबाट घरका सम्पुर्ण सामाग्री जलेर नष्ट हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घरमा रहेका सम्पुर्ण सामाग्री जलेर नष्ट भएको बेला विराटनगर महानगरपालीकाले विपत कोषबाट घिमिरेका परिवारलाई राहत सामाग्री व्यावस्थापन गर्ने भएको महानगरले जनाएको छ । अहिले लकडाउन पनि छ मेयर भीम पराजुलीले भने,‘यस्तो भईपरी आएको अवस्थामा अग्नीपिडीत परिवारलाई तत्काल खान र बस्नको लागी व्यावस्थापन गर्छु ।’ महानगरको विपत कोषबाट उनीहरलाई तत्काल बस्न र खानको लागी त्रिपाल र खाद्यान्न सामाग्री व्यावस्थापन गर्ने मेयर भीम पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्