विराटनगर जेठ १३,
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लक डाउनको ६४ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ ।
नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न ठाउँमा लकडाउन थप कडाई गर्न थालिएको छ । तर विराटनगरमा भने लकडाउन खुकुलो भएको छ । विराटनगरमा बैंक तथा वित्तीय संस्था तथा हार्डवेयर पसललाई मात्रै टाईम कार्ड अनुसार अनुमति भए पनि विराटनगरका अन्य पसल पनि दिउँसो खोलिएका देखिन्छन् ।
विराटनगरमा केही दिनदेखि प्रहरीको उपस्थिति पनि सडकमा कम देखिएको छ सडकमा । विराटनगरका होटेल तथा रेस्टुरेन्टले अनलाइनको माध्यमबाट घरघरमा सामान पुर्याउन थालेका छन् भने विभिन्न डिलेभरी गर्ने संस्थाले खाद्यान्न देखि मासु समेत अनलाइन अडरको माध्यमबाट घरघरमा पुर्याइरहेका छन् ।
विराटनगरका मुख्य सडकहरु र भित्री सडकहरुमा पहिले भन्दा धेरै सवारी सञ्चालनमा रहेका छन। प्रहरीले केही ठाउँमा चेकजाँचमा कडाइ गरेको छ ।