एक महिनासम्म रोजा बस्नेलाई दैनिकी निशुल्क खाना खुवाउने विराटनगरका युवा पप्पु अंसारी

एक महिनासम्म रोजा बस्नेलाई दैनिकी निशुल्क खाना खुवाउने विराटनगरका युवा पप्पु अंसारी

विराटनगर । मुस्लिम समुदायले मनाउने एक पवित्र पर्व रमजान आईतबारबाट सकिएको छ । पुन सोमबारबाट ईद पर्व सुरु भएको छ । एक महिना सम्म मनाइने मुस्लिम समुदायको महान् पर्वमा वर्त बसेका वर्तालुहरुलाई एक महिना सम्म विभिन्न प्रकारका परिकार बनाएर खुवाएका छन् विराटनगरका एक युवाले ।
विराटनगर ९ धोवीयारीमा बसोबास गर्दै आएका ३१ बर्षिय पप्पु अंसारीले गरीवी तथा विपन्न वर्गका परिवारलाई समेत घर मै लगेर एक महिना सम्म निशुल्क खानाका परिकार खुवाएका हुन् ।


अंसारीसँगै उनका युवा साथीहरु मिलेर गत चैत्र १३ गतेदेखि सुरु भएको १ महिना लामो रमजानमा दिनभरि ब्रत बसेर बेलुका ब्रत तोडन नसक्ने परिवारलाई बेलुकीको समयमा मिठामिठा परिकार बनाएर खुवाएका हुन् ।
अंसारीको नेतृत्वसहित युवाहरुको साथ र सहयोगमा उनीहरुले लकडाउनबाट प्रभावित घरपरिवारलाई रमजान सुरु भएदेखि नै साँझ ब्रत खोल्ने बेलामा फरक– फरक किसिमका स्वादिष्ट परिकारहरु बनाएर खुवाउँदै आएका थिए ।


कोरोना भाईरसको फैलिँदो सङक्रमण र बढ्दो जोखिमलाई मध्यनजर गर्दै गत चैत्र ११ गतेदेखि लागु गरिएको लकडाउन अझै पनि जारी नै छ । यस्तो परिस्थितिमा मुस्लिम समुदायका अधिकांश घरपरिवारको आयस्रोत ठप्प भई रमजानको ब्रत बस्नेहरुमा पानी खाएर मात्र ब्रत खोल्ने परिस्थिति सिर्जना भएपछि अभियानको थालनी गरिएको अन्सारीले बताए ।


अंसारीले दैनिकी २ सय भन्दा बढी घरपरिवारलाई मिठा–मिठा खानाका परिकारहरु पकाएर घरमै पुर्याउँदै आएको थिए । अंसारीले रमजानको अन्तिम दिन आफ्ना इष्टमित्र आफन्तजनलाई बोलाएर खुशीयाली साटा साट गरी मिठा परीकार पकाएर खुवाएका थिए । मुलुकभर लकडाउनको अवस्थामा उनीहरुले घरमै लकडाउनको पालना गर्दै यस वर्षको रमाजनको बर्तमा नमाज पढ्दै मनाएका थिए ।


सोमबारबाट सुरु भएको ईद पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्