विराटनगर नर्सिङ क्याम्पसको बसले मोटरसाईकललाई ठक्कर दियो,घाईतेको पहिचान खुल्न सकेन

विराटनगर नर्सिङ क्याम्पसको बसले मोटरसाईकललाई ठक्कर दियो,घाईतेको पहिचान खुल्न सकेन

विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सक तथा कर्मचारी बोक्ने गाडीले मोटरसाईकललाई ठक्कर दिएको छ ।


मंगलबार (आज ) दिउसो २ ः ३० को समयमा विराटनगर १० स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र अगाडी विराटनगर नर्सिङ क्याम्पसको को १ क १२०२ नम्बरको गाडीले को १० प ९२१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुवै सवारी साधन विराटनगर रोडशेषबाट जोगबनी तर्फ जादै गर्दा गाडीसँग माटरसाईकल ठक्कर खाएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएका मोटरसाईकल चालकको पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ प्रहरी निरीक्षक राकेश कुमार पोद्धारले जानकारी दिए । घाईते व्यक्तिको कोशी अस्पताल विराटनगरको आकस्मिक कक्षमा उपचार भईरहेको प्रहरी निरीक्षक पोद्धारले बताए ।
टाउकोमा गम्भिर चोट लागेका कारण उनको होस आउन नसकेको अस्पतालका चिकित्सकले जनाएका छन् । ठक्कर दिने गाडीका चालक मोरङको मिक्लाजुङ गाँउपालीका रमिते बस्ने २६ वर्षिय आस बां तामाङलाई प्रहरीको नियन्त्रणमा रहेका छन् । तामाङले चालाउदै आएको गाडीमा कोशी कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारी बोक्नको लागी प्रयोजन गरिदै आएको थियो । गम्भिर घाईते भएका व्यक्तिलाई सोही गाडीमा चालकले अस्पताल सम्म पुर्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्