प्रदेश १ को प्रदेशसभाको छैठौँ अधिवेशन भोलीबाट, मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुको कोरोना नेगेटिभ

प्रदेश १ को प्रदेशसभाको छैठौँ अधिवेशन भोलीबाट, मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुको कोरोना नेगेटिभ

विराटनगर । प्रदेश नम्बर एकको प्रदेशसभाको छैठौं अधिवेशन जेठ १४ अर्थात् भोली बुधबारबाट सुरु हुँदैछ । संसद अधिवेशनमा सहभागी हुने प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरू, कर्मचारी र मर्यादा पालकको कोरोना परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठकमा प्रवेश गर्न कोरोना संक्रमण नभएको प्रमाणपत्र अनिवार्य गरिएपछि ९१ जना सांसदले कोरोना परीक्षण गराएका थिए । प्रदेशसभा सचिवालयका कर्मचारीहरु, त्यहाँ कार्यरत मर्यादापालक, सुरक्षाकर्मी, मन्त्री, समितिका सभापतिहरु तथा सुरक्षाका सवारी साधनका चालक, रिपोर्टिङ्गमा जाने पत्रकारहरु समेत गरी २ सय बढीको कोरोना परीक्षणका लागि यसअघि स्वाब संकलन गरिएको थियो । उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ ।

एक नम्बर प्रदेशको बजेट अधिवेशन भोली २ बजेको लागि आह्वान गरिएको छ । दुइ वटा हलको प्रयोग गरेर बैठक संचालन हुनेछ । कोरोना भाइरसको संक्रमण फैलन नदिन कायम गर्नुपर्ने सामाजिक दुरीको नियम पालना गर्न सभाहल साँघुरो भएकाले दुई वटा हलमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने तयारी भएको हो ।

कोरोना संक्रमणको सम्भावनालाई न्यून गर्न दुरी कायम गर्नुपर्ने र दुरी कायम गर्दा पहिलेको सभाहलमा बैठक सञ्चालन गर्न सम्भव नहुने भएकोले भुँई तला र पहिलो तलामा रहेको दुवै सभाहलहरुलाई प्रयोग गरेर बैठक चलाइने छ ।

सभाहलको पुरानो संरचनामा प्रदेशसभा सदस्यहरुका लागि ९३ वटासहित दर्शकदीर्घा र सञ्चारकर्मीकालागिसमेत गरी १२० वटा कुर्सीहरु राखिएका थिए । अहिले पहिलो तलाको सभाहलमा ६५ वटा मात्र कुर्सी राखिएको छ । माथिल्लो तलामा ३० वटा कुर्सीको प्रवन्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्