विराटनगरमा पत्रकार शहीद कृष्णसेनप्रति श्रद्धाञ्जली, पत्रकारलाई मास्क र प्रेस ज्याकेट

विराटनगरमा पत्रकार शहीद कृष्णसेनप्रति श्रद्धाञ्जली, पत्रकारलाई मास्क र प्रेस ज्याकेट

बिराटनगर, १३ जेठ । प्रेस संगठन नेपाल मोरङले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

कृष्णसेनको १८ औं स्मृति दिवसका अवसरमा आयोजित स्मृति सभामा नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतम, मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल, यज्ञ शर्मालगायतले समाज रुपान्तरणका लागि उहाँ दिएको योगदानको चर्चा गर्नु भएको थियो ।

संगठनका मोरङ संयोजक सुदिप कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सामाजिक दुरी कायम राख्दै दुई दर्जन बढि पत्रकारहरु सहभागि भएका थिए । साथै अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुलाई मास्क र प्रेस ज्याकेट समेत वितरण गरेको थियो ।

वि.सं. २०१३ कार्तिक ३ दिने जन्मिएका ‘इच्छुक’ २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा मारिएका उनका शोकाञ्जलि (२०४८), इतिहासको यस घडीमा (२०५६) बन्दी र चन्द्रागिरी (२०५८) आदि कृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्