भारतमा अलपत्र परेका २ सय बढी नेपाली रानी – जोगवनी बोर्डरबाट नेपाल प्रवेश

भारतमा अलपत्र परेका २ सय बढी नेपाली रानी – जोगवनी बोर्डरबाट नेपाल प्रवेश

विराटनगर । भारतको विभिन्न स्थानमा काम गर्न पुगेका नेपाली नागरिक लकडाउनका कारण अलपत्र परेकालाई विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गराइएको छ ।

बिहारको अररिया र मोरङको स्थानीय प्रशासनको समन्वयमा उनीहरुलाई मंगलबार बेलुकी नेपाल भित्राइएको हो । उनीहरु भारतको विभिन्न ठाउबाट आएर विगत डेढ महिनादेखि जोगबनी स्थित क्वारेण्टाइनमा बसिरहेका थिए ।

यसै गरि भारत तर्फ रेल लगायत अन्य सवारीका साधन संचालन भएपछि कतिपय मंगलबार नै आइपुगेका थिए । नेपाल प्रवेश गर्नेहरुमा रुकुम, मोरङ, सुनसरी, झापा, तेह्रथुम, पाँचथर लगायतका स्थानीयहरु रहेका छन् । उनीहरुलाई सम्बन्धित स्थानीय निकायको क्वारेण्टाइनमा पठाउने गरी नेपाल प्रवेश गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।विराटनगर प्रवेश गराइएकाहरुलाई तत्कालका लागि विराटनगरको डिएभी स्कुल लगायतका होल्डिङ एरियामा राखिने छ । नेपाली सेनाले व्यवस्थापना र रेखदेख गर्ने होल्डिङ एरियामा सुत्ने र खाने व्यवस्था मिलाइएको छ । नजिकै जिल्लाकालाई आज नै क्वारेण्टाइनमा पठाइने र टाढाकालाई संवन्धित जिल्लामा समन्वय गरेर एक र्दुइ दिनमै पठाइने प्रमुख जिल्ला अधिकारी भुजेलले जानकारी दिनुभयो ।नेपाल आएका उनिहरुलाई स्थानिय तहमा स्थापना गरेका क्वारेन्टाइनमा १५ दिन सम्म राखिने छ । उनिहरुलाई सिमानामा सामान्य ज्वरो मात्र नापेर नेपाल प्रवेश गराइएको छ । उनीहरुलाई स्वागत गर्नको लागी प्रमुख जिल्ला मदन भुजेल, मोरङका प्रहरी प्रमुख विश्व अधिकारी , मेयर भिम पराजुली शसस्त्र प्रहरी लगायतको सहित टोली रानी बोर्डर पुगेका थिए ।भारतबाट लकडाउन भएपछि पहिलो पटक यति धेरै जनसख्या जोगबनी नाका हुदै नेपाल आएका छन् । तर उनीहरुको सामान्य ज्वारो मात्र नापेर नेपाल प्रवेश गराइएको छ । यति धेरैको संख्या आएका व्यक्तिहरुलाई सम्बन्धीत स्थानिय तहका वडाहरुले कम्तिमा पनि १५ दिन सम्म क्वारेन्टाईनमा राखेर मात्र छाड्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्