प्रदेश नम्बर १ का मुख्य सचेतक कार्कीको खान नपाएर बेहोस भएकी सुत्केरीलाई सहयोग

<span class='c1'>प्रदेश नम्बर १ का मुख्य सचेतक कार्कीको</span> <span class='c2'>खान नपाएर बेहोस भएकी सुत्केरीलाई सहयोग</span>

सुत्केरीले खाना खान नपाएर बेहोस भएको भिडियो सामाजिक सञ्जालमा आए पछि नेपाली काँग्रेस प्रदेश १ का मुख्य सचेतक केदार कार्कीले उनीहरुलाई आवश्यक खाद्यान्न, लताकपडा तथा नगद सहयोग गरेका छन् ।

भिडियो सार्वजनिक भएलगतै कार्की उक्त महिलाको खोजीमा निस्केका थिए ।

मोरङ बुढीगंगा गाउँपालिका वडा नं ४ गोकुवाकी १२ दिने सुत्केरी रेखा परियार र सोही गाउँपालिका वडा नं  ३ गोकुवाकै ६ दिने सुत्केरी नमिता ऋषिदेवलाई उनीहरुकै घरमा पुगेर उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

 

कार्कीले उनीहरुलाई चामल, दाल, तेल, मासु, नुन, सुत्केरी आमा र बच्चालाई आवश्यक कपडा र नगद दिएको स्थानीय काँग्रेस नेता जितनारायण थापाले बताए ।

समाजमा पछि पारिएका सुकुम्वासी तथा श्रमजिवी मजदुरको पक्षमा काम गर्दा आफूलाई सधै खुशी लाग्ने कार्कीले प्रतिक्रिया दिए ।

यसअघि कार्कीले मोरङ र सुनसरीका मजदुरहरु काठमाडौंबाट पैदल हिडेरै घर गएको समाचार प्रकाशित भएपछि ती यात्रुलाई गाडीको व्यवस्था गरि सिन्धुलीबाट  जिल्ला लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्