समानन्द हत्या प्रकरण : विराटनगर १८ नं का फरार वडा अध्यक्ष प्रहरी सामु आफै हाजिर भए

समानन्द हत्या प्रकरण : विराटनगर १८ नं का फरार वडा अध्यक्ष प्रहरी सामु आफै हाजिर भए

विराटनगर । विराटनगर– १४ का समानन्द यादवको हत्यामा संलग्न भएको आरोप लागेका विराटनगर १८ नम्बर वडा अध्यक्ष एक वर्ष पछि आफै प्रहरी समक्ष हाजिर भएका छन् ।

हत्या आरोपमा किटानी जाहेरी परेपछि फरार भएका विराटनगर १८ का वडा अध्यक्ष सञ्जय साह एक वर्षपछि ईलाका प्रहरी कार्यालय रानीमा आफै हाजिर भएका हुन् । एक बर्ष सम्म फरार रहेका साह बुधबार विहान आफै हाजिर भएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

विवाहको विषयमा विवाद हुँदा ३२ जेठ २०७६ मा विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर–१४ कै ५५ वर्षीय समानन्द यादवमाथि कुटपिट भएको थियो । कुटपिटघाट घाइते यादवको एक महिनापछि २६ असारमा मृत्यु भएको थियो ।

यादवका परिवारले घटनामा संलग्न भएको आरोपमा तीनजना जनप्रतिनिधीसहित १० जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
एक वर्षयता फरार रहेका अध्यक्ष साह आफै आएपछि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

गत माघ २४ गते जहदा गाउ“पालिका– १ का वडा अध्यक्ष प्रदिपचन्द्र यादव हाजिर भएका थिए । उनलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलान गरेको थियो ।

समानन्द हत्या प्रकरणमा जहदा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रदिप यादव, ,विराटनगर महानगरपालिका १८ का वडा अध्यक्ष सञ्जय साह, विराटनगर– १४ का अध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, विन्देश्वर यादव, सम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादव, बलदेवका भतिज दिपेश यादव विरुद्ध किटानी जाहेरी परेको थियो । दिपेस, प्रदिप र सञ्जय बाहेक अन्य फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्